नेपाली भुमिमा भारतले बनाइसक्यो सडक, ओली सरकार किन चुप ? (भिडियोसहित)

काठमाडौँ, ३१ जेठ । नेपालले कालापानी–लिपुलेक विवादमा वार्ता चलिरहेको बताईरहेका बेला भारतले त्यस स्थानमा धमाधम निर्माण कार्य सञ्चालन गरिरहेको छ ।नेपालले वार्ता थालिरहेकै बेला भारतले दोस्रो प्रगति सार्वजनिक गरिसक्यो । तर नेपालले चाहेको वार्ता कहिले हुन्छ र जमिन कहिले फर्किन्छ भन्ने विषय थप अन्योल बनेको छ । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो उद्घाटन गरेको एक वर्ष, एक महिना पुग्यो । गतवर्ष नेपाली भूभाग समेटेर निर्माण थालेपछि नेपाल–भारत सीमालाई लिएर चर्को विवाद भएको थियो । तर नेपालमा चर्किएको विवाद सेलाउँदै गयो भने भारतले धमाधम निर्माण कार्यलाई तिव्रता दियो । फलतः नेपाली भूभागमाथि सडक निर्माणको जिम्मा पाएको सेनाको कामले भारत गर्वले छाति फुलाईरहेको छ । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभागमा सडक निर्माण गरिरहेको भारतीय सेनाको खुलेर प्रसंशा गरे । नेपाली भूमि हुँदै मानसरोवर जाने सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि भारतका रक्षामन्त्री सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । भारत निर्माण कार्यको प्रगतिले दंग परिरहेका बेला हाम्रो सरकार अतिक्रमित सीमा फर्काउन वार्ताको प्रयास गरिरहेको भन्दै जनताका आँखामा छारो हाल्ने काम गरिरहेको छ । बरु सरकारमा टिकिरहने फण्डा र सत्तामा जाने भ¥याङका रुपमा वार्ता गरिरहेको भनाई दोहोरिरहन्छन् । जुन नवनियुक्त गृहमन्त्रीले समेत दोहो¥याएका छन् । विहिबार सपथ खाएपछि सरकारका गृहमन्त्री खगराज अधिकारीले नेपालको एक इञ्ज भूभाग पनि नछोड्ने दाबी गरे ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला