शेरबहादुर देउवासँगको प्रति’स्पर्धामा विमलेन्द्र निधि कि शेखर कोइराला ?

 नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच समझदारी भएको थियो – १३ औं महाधिवेशनमा निधिको सहयोगमा देउवा सभापति बन्ने, १४ औं महाधिवेशनमा देउवाको सहयोगमा निधि सभापति बन्ने।


नेपाली कांग्रेसभित्र लामो समयदेखिका सहयात्री देउवा र निधि १४ औं महाधिवेशनको संघारमा दुई पक्षमा विभाजित हुने स्थितिमा पुगेका छन्। निधिले गत वर्ष नै भनेका थिए, ‘म सभापतिमा लड्छु, देउवाजीले सहयोग गर्नुहुन्छ।’ तर, शनिबार प्रदेश १ का आफूनिकट नेताहरुसँगको छलफलमा सभापति देउवाले प्रष्टरुपमा भने, ‘म सभापतिमा लड्छु र नेपाली कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु।’

देउवाको महत्वकांक्षा यति मै सकिँदैन। उनी भन्छन्, ‘मेरै नेतृत्वमा देशलाई सही ट्रयाकमा लयाउँछु।’ देउवाले यति भनिसकेपछि बुझ्नुपर्छ १४ औं महाधिवेशनमा देउवा सभापति पदमा उम्मेदवारी दिँदैछन्।


सभापति बन्न किन सुरिए देउवा ?


१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा १४ औं महाधिवेशनमा नेतृत्व हस्तानतरणको पक्षमा नै थिए। तर, देउवानिकट रहेका प्रकाशसरण महतलगायतका केही नेताले देउवालाई फेरि सभापतिमा दोहोर्याउन चाकडी शैलीको द’बाब दिइरहे। देउवा पनि फुरुक्क परे र सभापतिमा उम्मेदवारी दिन आन्तरिक तयारीमा जुटे।


आफू नउठे आरजुलाई पदाधिकारी दिनुपर्ने


कांग्रेस सभापति देउवाले फेरि नेतृत्वमा दाहोरिने तयारी गरिरहँदा उनको समूहले छलफल चलाइरहेको छ। देउवा आफूचाहि सभापतिमा जित्ने निष्कर्ष छन्। तर, विमलेन्द्र निधिले उम्मेदवारी दिएमा मत बाँडिने भएकाले उम्मेदवारी नदिएर देउवापत्नी आरजु राणा देउवालाई अघि सार्न पनि केही नेताले सुझाव दिएका छन्।


दोस्रो तहका केही नेताले देउवालाई ‘आरजु भाउजुलाई उपसभापति, सहमहामन्त्री अथवा कोषाध्यक्षको उम्मेदवार बनाउनुपर्छ,’ भनेका छन्। तर, केही समय अघिसम्म देउवाले विमलेन्द्र निधिलाई सभापतिको उम्मेदवार बनाएर आरजुलाई महामन्त्री बनाउछु भनेर आफूनिकट नेताहरुसँग सल्लाह लिएका थिए।


तर, देउवालाई कोर टिमबाट सभापतिमा उठ्न सुझाव आएपछि उनी तयारीमा लागेका हुन्। अपितु हार्ने परिस्थितिको आकलन देउवा स्वयमले गरेको खण्डमा आरजुलाई कुनै एक पदाधिकारीमा उठाएर उनी आफू ब्याक हुन सक्ने सम्भावना उत्तिकै रहेको बूढानिलकण्ठ निकट स्रोत बताउँछ।


शेखर कि विमलेन्द्र ?


२०६१ सालसम्म डाक्टरी सेवामा रहेका डा. शेखर कोइरालाले फुर्सदको जीवन राजनीतिमा समर्पण गरेका छन्। १४ औं महाधिवेशनमा सभापति पदमा प्र’तिस्पर्धा गर्ने लगभग निश्चित छ।


कोइरालासँग वर्तमान सभापति देउवाको मात्रै प्रति’स्पर्धा भएमा उनले जित्न सक्ने सम्भावना निकै कम रहेको छ किनभने नेपाली कांग्रेसभित्र देउवा पक्ष बलियो छ। महाधिवेशन प्रतिनिधिहरुदेखि पार्टीको हरेक तप्कामा देउवाले सानोठूलो सहयोग पुर्याएका छन्, चाहे त्यो आर्थिक वा अरु कुनै। त्यो छवि कोइरालाले बनाइसकेका छैनन्।


तर, देउवा र निधि प्रतिस्पर्धामा उत्रिएमा कोइरालालाई सभापतिमा जित्न केही सहज बन्न सक्छ। किनभने संस्थापन समूहको मत देउवा र निधिलाई बाँडिने छ। पौडेल समूह एक भएमा शेखर कोइरालाले सभापतिमा जित्नेछन्।


तर, शेखर कोइरालालाई रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालाई मनाउनु पर्ने चुनौ’ती छ किनभने कोइराला परिवारबाटै भए पनि डा. शेखर कांग्रेसभित्र त्यति राम्रो पकड भएका नेता होइनन्। उनको भन्दा राम्रो पकड डा. शशांकको छ। डा. शशांक पनि सभापतिमा उम्मेदवारी दिने मनस्थितिमा छन्।


यसअघि सभापतिमा उम्मेदवारी दिन्छु भनेर कस्सिएका पूर्व महामन्त्री प्रकाशमान सिंहलाई डा. शेखरले आफ्नो समूहमा तानिसकेका छन्। अरु नेताको व्यवस्थापन सहजरुपमा गर्न सकेमा मात्रै डा. शेखरलाई सभापतिमा निर्वाचित हुन सहज हुनेछ।


नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुले निधिलाई उम्मेदवार बन्न द’बाब दिइरहेका छन्। साथै, आफूहरुले सहयोग गर्ने प्रष्टरुपमा भनिसकेका छन्। संस्थापन पक्षका दोस्रो तहका नेताहरुले साथ दिएमा निधिको भोट केही बढेमा संस्थापन इतरलाई साथ नलिएमा जित्ने सम्भावना रहँदैन। यसर्थ सभापतिमा उठ्नका लागि निधिले संस्थापन इतरको शक्तिलाई विश्वा’समा लिन सक्नुपर्छ। नभएमा देउवा र निधिको झगडाको लाभ कोइरालालाई हुनेछ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला