२०७८ जेष्ठ २९ गते शनिबारका राशिफल। सबैले पढेर शेयर गर्न नभुल्नुहोला।

 आज मिति २०७८ साल जेष्ठ २९ गते शनिबार को राशिफल यस् प्रकारको रहेको छ।



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


जेठ महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । नयाँ नयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )


वृष राशिका जातकका लागि यो महिना क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिन सक्छ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ, तर स्वास्थ्य भने राम्रो हुने देखिन्न अत: स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )


यो महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । अनावश्यक धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )


जेठ महिनामा जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।


तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )


जेठ महिनामा साथीको सहयोग र हौसला मिल्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । काम गर्दा आकस्मिक समस्या आइलागेपनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । महिनाको उत्तरार्धबाट योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।


धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )


यो महिनामा धनु राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाईला यात्राहरू हनेछन् । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । धर्म, कर्म र सामाजिक काममा रुचि बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।


मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )


यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । अचल सम्पत्ती हातपर्नसक्छ । कृषि व्यवसायबाट पनि राम्रो प्रतिफल पाउन सकिन्छ । २० गतेबाट राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )


यो महिनामा आफ्नो कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानि हुनेछ । सामाजिक कार्य गर्दा मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल वा कालो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )


मीन राशिका जातकका लागि यो महिनाको सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।





Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला