बाढीले डुब्यो मेलम्ची : बजार, घरसँगै पुल र ट्राउट फर्म बगे, धेरै व्यपत्ता [तस्बिरहरू] प्रहरी भन्छ– ‘सात जना स्थानीय बगेको आशंका गरिए पनि यकिन भइसकेको छैन ।’ असार २, २०७८, सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर, पुलहरू र वसपार्क लगायत थुप्रै संरचना बगाएको छ । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए । ‘मानवीय क्षतिको वास्तविक विवरण आएको छैन,’ उनले भने, ‘दुई महिला र पाँच पुरुष बेपत्ता भएको आशंका छ,’ उनले भने । हेलम्बुस्थित प्रहरी कार्यालय र मेलम्ची खानेपानी आयोजनाको चिनियाँ क्याम्प, सशस्त्र क्याम्पमा पनि बाढीले क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । हेलम्बु–२ किउलबासीका राजकुमार भण्डारीले घरमाथि रहेको बारीको पाटामा आश्रय लिएको जनाए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला