नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम?

नेपालमा बज्यो खतराको घन्टी , शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले खतराको तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले सतर्क रहन अनुरोध गरेको छ । नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर, गण्डकी नदीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन र तिनहुँको भैरहवा क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ । बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताउनुभयो । “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उहाँले भन्नुभयो । त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला