राजा फाल्नेहरू नै ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शनमा उत्रिए कम्युनिस्ट र कांग्रेसका कार्यकर्ता नै सहभागी
धनगढी : राजा फालेर संघीय गणतन्त्र स्थापन गर्न २०६२/०६३ जनआन्दोलन गर्ने प्रमुख राजनितिक पार्टीका कार्यकर्ता अहिले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शनमा उत्रिन थालेका छन्।
देशका प्रमुख राजनीतिक पार्टीभित्र आन्तरिक विवाद र सत्ताको खिचातानी चलिरहेका बेला राजा फाल्न आन्दोलनका सहभागी भएका कार्यकर्ता नै राजतन्त्र स्थापनको माग गर्दै प्रदर्शनमा सहभागी भएका छन्।
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हिन्दु राष्ट्र पुनःस्थापना तथा राजतन्त्र स्थापनको माग गर्दै सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले कैलालीमा आयोजना गरेको बृहत् मोटरसाइकल र्यालीमा अधिकांश कम्युनिष्ट र कांग्रेसका कार्यकर्ता सहभागी थिए।

Comments
Post a Comment