कक्षा १२ र ११ को परिक्षा को मिति तोकियो हेर्नुहोस परिक्षा कहिले हुने

 

National-Examinations-Boa-1624067346.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उहाँको भनाइ छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ ।

कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ ।

बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । यसपटक तीन महिनाको हाराहारीमा मात्रै ती विद्यार्थीको समय विलम्ब हुने देखिएको छ । हाल कुनै पनि विश्वविद्यालयमा स्नातक तहको भर्ना नखुलेकाले कक्षा १२ का विद्यार्थीको धेरै समय खेर नगएको उहाँको भनाइ छ । विश्वविद्यालयले गत फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना गरेका हुन् । कक्षा १२ को परीक्षा फरक मोडालिटीमा हुनेछ । गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११ को परीक्षालाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा निकालिएको थियो । आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो । बोर्डले यसपटक कक्षा १२ को परीक्षाका लागि फरक खालको मोडालिटी बनाउने भएको छ ।

बोर्डका अध्यक्ष पौडेलले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले गत वर्षकै जस्तो मोडालिटीमा परीक्षा हुने अवस्था नरहेको स्पष्ट पारे ।  यसपटक परीक्षाका लागि भिन्न खालको मोडालिटी बनाउने बोर्डको गृहकार्य छ ।

कक्षा ११ को मूल्याङ्कन असारभित्र
कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ ।

बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ । यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरहेको बोर्डका अध्यक्ष पौडेलले बताए । गाेरखापत्रबाट

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला