थुनिएर तामाकोसीमा बन्यो विशाल ताल, जतिबेलापनि फुट्ने भन्दै आकस्मिक सूचना जारी

 काठमाडौं । छिमेकी मुलुक चीनको तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको सूचना आएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी भयानक हुनसक्ने चेतावनी दिएको छ ।

उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ ।

तिब्बतमा ताल बनेको भन्ने सूचना आएको छ । त्यो फुटेको खण्डमा तामाकोसी भयानक बनेर नेपालतर्फ आउँनेछ ।

यसले ठूलो क्षति पुर्याउनसक्छ । सूचनामा भनिएको छ ।

प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला