राष्ट्रद्रोही ओलीलाई गलहत्याई देश निकाला गरौँः नयाँ पार्टी नेपाल

 

काठमाडौँ – नयाँ पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलहत्याएर देश निकाला गर्नु पर्ने बताएको छ ।

नयाँ पार्टीले सत्ता, शक्ति, अराजकता, सर्वसत्तावाद, मनपरितन्त्र, राष्ट्रद्र्रोह, जननिर्वाचित संस्थाको हत्या, संविधानमाथि बलात्कार, राज्यशक्तिको दुरुपयोग तथा देशको स्रोत साधनको अनावश्यक दोहन गरेको भन्दै प्रधानमन्त्रीबाट गलहत्याएर देश निकाला गर्नुपर्ने बताएको हो ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले देशको अस्तित्व, स्वाभिमान, सुरक्षा, गोपनीयता लगायत विषयमा गम्भीर असर पु¥याउने कार्य गरेकाले ओलीललाई तत्काल प्रधानमन्त्रीको कुर्सीबाट गलहत्याई सर्वस्वहरण गरी देश निकाला गर्नु आजको ऐतिहासिक आवश्यकता भएको बताएको छ ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पारित गर्न खोजेको, लाखौँ गैरनेपाली नागरिकलाई नेपाली नागरिकता प्रदान गर्न कथित नागरिकता अध्यादेश ल्याएको, नेपालको प्राकृतिक स्रोत साधनको विनास गर्न तेस्रो देशमा ढुंगा, गिटी, बालुवा लगायत वस्तु निकासी गर्ने कार्यक्रम ल्याएकाकाले देशद्रोहको मुद्धा लगाई देश निकाला गर्नुपर्ने उक्त पार्टीका उपाध्यक्ष तथा प्रबक्ता युवराज सफलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ।

विज्ञप्तिमा विभिन्न प्रकरणमा अर्बौ भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्नुको सट्टा सो भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण दिएर राखेको, जघन्य अपराधमा मुछिएकाहरुको मुद्धा फिर्ता लिएको र अझै फिर्ता लिन लागेको, नेपालको संविधान जलाउने, नेपाललाई नाकाबन्दी लगाउन खुल्लमखुला विश्व समुदायलाई गुहार्ने व्यक्तिलाई खोजी खोजी देशको उप–प्रधान मन्त्री बनाउने कार्य गरेको आरोप लगाएको छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला