संकटकाल लगाएर सेना परिचालन गर्ने प्रधानमन्त्री केपि ओलीको तयारी ! ठिक हो भने सेयर गरौं
अघिल्लो साता आइतबार पूर्वप्रधानमन्त्री तथा सजपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकप्रति घात हुन लागेको आफूले सूचना भएको र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्षनेताहरुलाई जानकारी गराएको बताए।
मुलुकप्रति घात हुन लागेको बताएका उनले कस्तो किसिमको घात हो भन्नेबारे केही खुलाएनन् । गत पुस ५ गतेदेखि यही जेठ ८ गते प्रतिनिधि सभा विघटन हुँदासम्म मुलुकभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइनअनुसार भएको उनको दाबी थियो ।
त्यसपछि गत शनिबार डा. भट्टराईसहित पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, र झलनाथ खनालले नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भन्दै प्रेस विज्ञप्ति जारी गरे ।
उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ केही महिना अघि प्रधानमन्त्री ओलीले विदेश शक्तिले आफ्नो सरकार ढाल्न खोजेको आरोप लगाएका थिए ।
प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएको बताए पनि कसको खेल हो भन्नेमा स्पष्ट पारेका छैनन् । तर, लामो राजनीतिक संघर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने गरी भइरहेका राजनीतिक गतिविधि र नेताहरुको सार्वजनिक अभिव्यक्तिले मुलुक संकटमा फसिरहेको अनुमान लगाउन सकिन्छ ।
देश र पार्टीको नेतृत्व गरेका व्यक्तिहरुले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रहेको बताउँदा तथा त्यो कुन समूह वा देश र व्यक्ति, संस्था हो भन्नेमा नखुलाई सतही रुपमा भनिए पनि यसलाई हल्का रुपमा लिन सकिँदैन ।
केन्द्रदेखि प्रादेशिक सरकारमा भइरहेका अस्वभाविक राजनीति व्यवहारले कोरोनाबाट पीडित जनता निराश बनिरहेका छन् । त्यसमाथि मुलुमा बाह्य हस्तक्षेप भइरहेको पूर्वप्रधानमन्त्रीहरुको सार्वजनिक दाबीले झनै चिन्तित् बनाएको छ ।
केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने र गिराउने खेल चलिरहेको छ । यी कार्यले मुलुक गम्भीर संकट र राजनीतिक गतिरोधमा पिल्सिएको अनुमान लगाउन गाह्रो हुँदैन ।
यही बेला फेरि आइतबार (जेठ ३०) नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लामो संघर्षबाट प्राप्त उपलब्धी समाप्त पार्ने गरी मुलुकको राजनीतिक अघि बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुलुकको संकटकाल लगाएर सेनासमेत परिचालन गर्ने गरी राजनीतिक अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओली अहिलेको व्यवस्था समाप्त पार्ने गरी अघि बढेको उनको आरोप छ । प्रधानमन्त्री ओलीको आगामी कदममा सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसके पनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने रहेको नेता गुरुङको गम्भीर आरोप छ ।
यसबारे गुरुङले भनेका छन्, ‘अब उहाँहरुको प्लान अथवा रणनीति हेर्दाखेरि र अबको स्टेप हेर्दाखेरि संसद् भंग गरिदिने, संविधान अवरुद्ध गरिदिने, राष्ट्रपतिबाट अध्यादेशबाट देश चलाउने, अहिले त्यो दिशातर्फ गइरहेको छ । सके संकटकाल लागू गरेर सेना पनि परिचालन गर्ने, नसकेपनि राष्ट्रपतिमार्फत जबरजस्ती रुपले बल प्रयोग गरेर संविधान सिध्याउने, र यो दिशातर्फ जाँदैछ ।’
गुरुङको गम्भीर आरोपबारे प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर, सत्तारुढ दल नेकपा एमालेभित्रको महिनौँ देखिएको आन्तरिक विवाद समाधान नहुनु, दलीय असहमति र आशंका बढ्नु, नेताहरुको गम्भीर प्रकृतिका अभिव्यक्ति सार्वजनिक हुनु लगायतले मुलुक संकटमा फसिरहेको अनुमान भने लगाउन सकिने देखिन्छ ।

Comments
Post a Comment