एमाले मै फर्कने माधव नेपालको अन्तिम तयारी
काठमाडौं – नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षको पनि सहभागीता हुने अपेक्षा गरेको छ । नेकपा एमाले स्थायी कमिटी सुवासचन्द्र नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा राख्ने योजना छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन्’ नेम्वाङले भन्नुभयो ‘आशा छ हाम्रो कोशिश सफल हुन्छ ।’
नेम्वाङले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिनुभयो । प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन्’ नेम्वाङले भन्नुभयो ‘मिलेका कुराको नतिजा प्रदेशमा,संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिश जारी छ । ’
यो बैठक माधव नेपालका लागि एमालेमै फर्कन अन्तिम अवसर हुनेछ । अदालको आदेशको सम्मेत सम्मान गर्दै स्थायी कमिटी बोलाइएको र सबैलाइ निमन्त्रणा दिइको बैठकअघि नै बाँकी विवादका विषयमा समेत सहमति खोजिने नेताहरूले बताएका छन***थप जानकारी को लागि तलको लिङ्क किल्निक गर्नुहोस्***

Comments
Post a Comment