म दलको राजा होइन, जनताको राजा थिए र पुनः जनताकै राजा बन्छु’ : पुर्वराजा ज्ञानेन्द्र

।। काठमाडौँ | राजनीति समाचार‘म दलको राजा होइन, जनताको राजा थिए र पुनः जनताकै राजा बन्छु’ : पुर्वराजा ज्ञानेन्द्र ।। काठमाडौँ | काठमाडौँ | मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् । राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् । गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो । राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट हटाइदिए । कसैले पनि जनसमर्थनको दुहाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चाहनाबमोजिम सत्ता हातमा लिन बाध्य भएको दाबी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत जनआक्रोशको डरका कारण दशैं बिदाको सहारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– जनमत कहिल्यै स्थायी हुँदैन ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला