माधव समुहका ५ ठुला नेता ओलीतिर

 

सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल कुनैपनि हालतमा एमालेमा नफर्किने दाबी गरेका छन् । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको आह्वानलाई समेत नेता नेपालले अस्विकार गरेर विभिन्न शर्त तेर्साएको भन्दै अब एकता सम्भव नभएको भट्टराईको भनाई छ ।

तर, नेपाल पक्षका प्रभावशाली नेताहरुले भने माधव नेपाललाई कुनैपनि हालतमा साथ नदिने उनको दाबी छ । नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई नै साथ दिने पनि उनले खुलासा गरे ।

उनले भने,‘उहाँहरुसँग हामी नियमित सम्पर्क र सम्वादमा छौं । माधव नेपालले छुट्टै पार्टी गठन गरेपनि उहाँहरु अब उता जानुहुन्न । सबै नेता यता बसेपछि माधव नेपालले छोडेर केही हुँदैन् ।’ भट्टराईले नेता नेपालको तन एमालेमा भएपनि मन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ रहेको पनि टिप्पणी गरे ।

उनले माधव नेपाल विपक्षी गठबन्धनमा रहेकोले उक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनसक्ने पनि आफूहरुले आँकलन गरेको सुनाए । नेता नेपाल अहिले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनमा छन् । एमालेका दोस्रो पुस्ताका नेताहरु भने यतिवेला पार्टी एकता जोगाउने भन्दै नियमित भेटवार्तामा सक्रिय छन् ।

बरु, आवश्यक पर्यो भने एकता जोगाउनको लागि पहिलो पुस्ताका नेताहरुलाई सम्माजनक विदाई गरेर अभिभावकीय भूमिका राख्ने र दोस्रो पुस्ताका नेताहरु नेतृत्वमा हाबी हुनुपर्ने पनि उनीहरुको प्रस्ताव छ । पछिल्लो समय अध्यक्ष ओलीले नेपाल पक्षधर प्रभावशाली नेताहरुसँग बालुवाटारमा बोलाएर एक्लाएक्लै छलफलसमेत गरेका छन् । यसरी छलफल गरेका नेतामा भीम आचार्य पनि छन् । उनले केही दिनअघि अन्तर्वार्तामा पार्टी एकता हुने र आफूहरु अन्तिमसम्मपनि त्यसकै लागि लागिपरेको बताएका छन् । उनले माधव नेपाल एक्लैले पार्टी फुटाउन नसक्ने ठोकुवा गरेका छन् ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला