आफ्नै पार्टीको महाधिवेशन गर्न नसक्नेले देश सम्हाल्छु भनेर गफ नगरौं – गगन थापा

 

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले भदौमा तय भएको पार्टीको १४ औं महाधिवेशन पछि सार्न नहुने बताएका छन्। महाधिवेशनको सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार आयोजित भर्चुअल संवादमा थापाले महाधिवेशनको मिति पछाडी सारे त्यो आत्मघमती कदम हुने बताए। छलफलमा उनले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए। महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु ‘गफ’ रहेको थापाको तर्त थियो। ‘सबैले खेलको नियम बनायो तर खेल्ने बेला नियम लागु गरिएन। जे जे गर्न हुँदैन भनियो त्यही त्यही गर्दै हिँडियो। अरु बेला विधान मिच्ने अप्ठेरो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ। हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्‍यो। गुनासोमात्र गर्ने पार्टी भयो। मेसेज लिएर जानुपर्‍यो’ थापाले भने, ‘अर्को मिति खोज्न थालियो भने यो आत्मघाती हुन्छ। भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौं। हामीले सभापतिलाई पनि भनिसकेका छौं। तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ।’ कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। शेरबहादुर देउवा २०७२ फागुन २४ गते ४ वर्षका लागि नेपाली कांग्रेसको सभापतिमा चुनिएका थिए। २०७६ फागुन २४ मा उनको कार्यकाल सकिएपनि महाधिवेशन हुन सकेन। पार्टीको विधानको धारा ४३ प्रयोग गरी उनले आफ्नो कार्यकाल २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेका थिए। त्यसभित्र पनि महाधिवेशन गर्न नसकिएपछि संविधानको सहारा लिएर कार्यकाल अझै ६ महिना थप गरिएको थियो। देउवाको कार्यकाल यही भदौमा सकिँदैछ

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला