आफुसहित दर्जन नेताले माधव समूह छाेड्ने याेगेशकाे घाेषणा,काे काे छन् अरु ?

आफुसहित दर्जन नेताले माधव समूह छाेड्ने याेगेशकाे घाेषणा,काे काे छन् अरु ? सुदर्शन खबर नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले बदलीय परिस्थितिमा पनि शेरबहादुर देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफू लगायत धेरै साथीले उहाँको साथ छाड्ने बताएका छन् । सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा प्रकाश गिरीसँग कुरा गर्दै उनले बदलीयको परिस्थितिमा पनि माधव नेपालले सकारात्मक दिशा नसमाते पछि नलाग्ने स्पष्ट बताएका छन् । उनले चित्त नबुझ्दा नबुझ्दै माधव नेपालले नयाँ पर्टी खोले त्यसमा नलाग्ने बताए । नेकपा एमाले जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने र प्रतिनिधिसभा पुनस्थापना भए एमाले चाँडै नै एकढिक्का भएर अघि बढ्ने उनको विश्वास छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको आआफ्नो ठाउँमा सवल र दुर्बल पक्ष रहेको भन्दै एमालेका लागि सबैले त्याग गर्नुपर्ने बताए । उनले पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता दुबैको तर्फबाट पार्टी एकताका लागि सहयोग पुग्ने सहमतिका बुँदाहरू प्रस्तुत भएको बताए ।



Comments

  1. यस्ताे सुद्द समेत लेख्न नजान्ने भुस्ले लेखेकाे कुरा कस्ले पत्याउँछ?? सक्छस भने भिडियाे लिएर अाईज। नभए बकवास बन्द गर।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला