बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्
डा. बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता एवं संघीय गणतान्त्रिक नेपालका भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि उहाँ मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका डा भट्टराईले करिव १८ महिना प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभयो । इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राजनीतिक दलहरुवीचको सहमतिका आधारमा राजनीतिक स्थिरता कायम गरि मुलुकलाई आर्थीक सम्बृद्धितर्फ अगाडी बढाउनुपर्नेमा भट्टराई प्रतिबद्ध हुनुहुन्छ । प्रधानमन्त्रीका रुपमा बाबुराम नेपाली इतिहासको असाध्यै चुनौतिपूर्ण कालखण्डमा प्रधानमन्त्री बन्नुभएका डा. भट्टराईले सरकारमार्फत् केही महत्वपूर्ण र ऐतिहासिक काम गर्नुभएको थियो । उहाँकै कार्यकालमा र बिशेषगरि उहाँकै सक्रियतामा माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कार्यभार सम्पन्न भयो भने ३५ वर्षदेखि कार्यान्वयन हुन नसकेको का...

Comments
Post a Comment