माधव नेपाललाई केपी ओली भन्दा किन देउवा र प्रचन्ड प्यारो लाग्छ ?
एमाले भित्रको विवाद आफ्ठेरोमा फलेको फर्सी जस्तो भएर बसेको छ । माधव नेपाल समूह न पार्टी अध्यक्ष केपी शर्मा ओली एमालेसंग मिल्न सक्छन न न पार्टी फुटाउने आँट गर्न सक्छन् ।
आफ्नो अध्यक्ष भन्दा प्यारो कांग्रेस सभापति शेर बहादुर देउवा र माआवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड रहेका छन् । यसरी सत्तापक्ष एमाले न मिल्ने न फुट्ने अवस्थामा पुगेको छ । माधव समूह नफुट्दा फाइदा भने ओली पक्षले धमाधम लिइरहेका छन् । माधव खेमामा पाटी कमिटिका सदस्यहरु धमाधम तानिरहेका छन् ।
माधव समूहका पनि आफ्नै वाध्यता छन् । ओलीको रिसले एमालेबाट निस्केर अर्को पार्टी गठन गर्नु ‘मुतको न्यानो’ मात्र हुने बुझाइ सो समूहका धेरै नेताहरुमा छ । अनि पार्टी विभाजनतिरै लम्किए भने नेपाललाई धेरै नेताहरुले साथ छोड्न सक्ने र उनी अर्को सीपी मैनाली बन्न सक्ने खतरालाई पनि नकार्न सकिन्न ।
विगतमा माधव नेपाल समूहले प्रचण्डको साथ छोडेर एमालेमा फर्किँदा संस्थापन पक्ष उनीहरुप्रति कठोर देखिएको थियो । अध्यक्ष ओलीले एकतर्फीरुपमा पार्टीको केन्द्रीय समिति विस्तार गर्नेदेखि माधव नेपाल समूहका प्रमुख नेताहरुलाई कारवाहीको डण्डा चलाए । ती कदमहरु अन्ततः आफ्नै लागि प्रत्यूत्पादक बनेपछि अहिले उनी लचिलो देखिएका छन् ।
ओलीले माधव पक्षका मागहरु पूरा गर्ने प्रतिवद्धता जनाउँदै एकताका लागि लचिलो आह्वान गरेका छन् । तर, जब ओली लचिलो बने, कठोर बन्ने पालो आयो माधव समूहको । सो समूहका हार्डलाइनर नेताहरु ओलीलाई सडकमै ल्याउन चाहन्छन् । यद्यपि माधव समूहभित्रकै एउटा प्रभावशाली उपसमूह चाहिँ एकताको गम्भीर पहलमा छ ।
आलीले गरेको एकता आह्वानमा पार्टीलाई ‘२०७५ जेठ ३ गते अगाडि’ को संरचनामा फर्काउने प्रतिवद्धता जनाएका थिए । तर, माधव पक्षका नेताहरुले ‘जेठ २ गते भन्नुपर्नेमा जेठ ३ गते’ भनेर ओलीले छलकपट गर्न खोजेको आरोप लगाइरहेका छन् ।
केही दिनअघि सर्वोच्च अदालतले एक अन्तरिम आदेश जारी गर्दै एमालेको विद्यमान महाधिवेसन आयोजक समितिलाई केन्द्रीय कमिटीको मान्यता दिन अस्वीकार गर्यो । महाधिवेशन आयोजक समितिले गरेको कारवाहीलाई अस्वीकार गरेर गर्नुको अर्थ एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मात्रै सर्वोच्चले वैध मानेको एकथरि विश्लेषण छ । ओली पक्षले चाहिँ यसलाई ठूलो विषय बनाएको छैन ।
एमाले अध्यक्ष ओलीलाई चिन्ता भनेको जेठ २ मा फर्किँदा बादलहरुलाई के गर्ने भन्ने हो । नेकपामा फुट आउँदा एमालेमै बसेका उनीहरु अहिले पनि ओलीको रक्षाकवचका रुपमा प्रस्तुत भइरहेका छन् । जेठ २ मा फर्किँदा उनीहरुलाई पार्टीको स्थायी समितिमा तान्न माधव पक्षसँग अर्को सहमति गर्नुपर्ने हुन्छ । त्यसो गर्दा माधव पक्षले आफूतिरबाट पनि सदस्य थप्नुपर्ने अडान राख्न सक्छ ।
जेठ २ अघिको एमालेका केन्द्रीय समितिदेखि स्थायी समितिसम्म ओली र माधव पक्ष हाराहारीमा थिए । बादल समूहलाई तान्दा ओलीको पकड मजबुत हुने चिन्ता माधव समूहमा छ ।
एमाले स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको आदेशपछि स्टाटस लेख्दै बादलहरु महाधिवेशन आयोजक समिति बन्नुभन्दा अगाडि केन्द्रीय समितिमै थपिएर आएकाले वैध भएको तर्क गरेका थिए ।
स्थायी समिति बैठकको प्रतीक्षा
एमाले अध्यक्ष ओलीले माधव समूहलाई समेत सहभागी हुन आह्वान गरेर स्थायी समिति बैठक बोलाउने चर्चा केही दिनदेखि तीव्र छ । ओलीले स्थायी समिति बोलाउँदा त्यसमा माधव समूह सहभागी हुन्छ कि हुँदैन भन्ने प्रश्न यथावत् छ । यस विषयमा माधव समूहबीच पनि मतैक्यता देखिँदैन । एकथरि नेताहरु जेठ २ गतेकै स्थायी समिति बोलाएमा सहभागी हुनुपर्ने बताउँछन् । अर्काथरि चाहिँ अरु शर्तहरु पनि अघि सारिरहेका छन् ।
माधव पक्षका हार्डलाइनर नेता भीम रावलले ओलीले ओलीबाट स्थायी समिति आह्वान भएपछि मात्रै त्यसमा भाग–लिने नलिने तय हुने बताउँदै आएका छन् ।
दुवै समूहका वाध्यता
जे–जस्ता तिक्तताका बाबजुद पनि एमालेका दुवै समूहहरुलाई एकतातर्फ लम्किनुपर्ने निश्चित वाध्यताहरु छन् ।संस्थापन पक्षको कुरा गर्ने हो भने माधव समूह विपक्षी गठवन्धनमा लाग्दा उसले एकपछि अर्को धक्का सहनुपरिरहेको छ । एउटा प्रदेश सरकार त उसले गुमाइसक्यो भने अन्य प्रदेशहरु पनि धरमरमा छन् । राष्ट्रियसभामा पनि एमालेले पराजय व्यहोर्यो । ओलीले पछिल्लो समयका आफ्ना प्रियपात्र बादललाई राष्ट्रियसभामा पुर्याउन सकेनन् ।
पार्टीमा विभाजन भयो भने एमाले अवश्य कमजोर बन्नेछ । माधव नेपालले आफूसँग एमालेको ठूलै टुक्रा लैजानेछन् । अघिल्लो महाधिवेशनको नतिजा हेर्ने हो भने नेपालको शक्ति ओलीको हाराहारीमा नै छ । धेरै प्रभावशाली युवा नेताहरु माधव समूहमा भएकाले पनि ओली उनीहरुलाई गुमाउन चाहँदैनन् । नारायण प्रसाद दाहाल वर्णन मिडिया

Comments
Post a Comment