ओलीका साइबर सेनाबाट होसियार रहनुहोस् – नेता नेपाल

 

२६ जेठ काठमाडौं । एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् ।  उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए । फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो ।

ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालको आग्रह छ ।

उनले ओलीसँगको लडाई पदका लागि नभई विधि, सिद्धान्त, विचार, लक्ष्यसँग र इमानदारितासँग जोडिएको भन्दै लडाईंको अग्निपरीक्षामा उत्तिर्ण भएरै छाड्ने पनि बताए । ओलीबाट पीडितहरु बीचको एकता भएको भन्दै नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’

बुधबार एमालेको आफुपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीमा अहिले गम्भिर प्रश्न खडा हुनुमा अध्यक्ष ओली नै जिम्मेवार रहेको दावी गरे । ‘उहाँको चिन्तन, व्यवहार, कार्यशैली कस्तो छ ? कस्तो रहँदैछ भन्ने अनुभव धेरै योद्धाहरूसँग रहेका छन्’ उनले ओलीमा आई एम द पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाएको दावी गरे । ‘अहंकार गुटगत प्रवृति, पार्टी एकतालाई स्वार्थ सिद्ध गर्ने, जबज सिध्याउने काम गर्नुभयो । आज तपाई जबजको हिमायती भन्नुहुन्छ, यस्ता नक्कली कुरामा कोही भ्रममा नपरौं’ नेपालको भनाई छ ।

उनले जबज र राष्ट्रिय पुँजीवादको कुरा गरेपनि दलाल पुँजीवादको पक्ष पोषणमा लागेका ओली एकताको कहिल्यै पक्षपाती नभएको र लडाउने भिडाउने काममा लागेको बताए । ‘हुँदाहुँदा प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान नै सक्ने योजनामा लाग्नुभयो’ नेता नेपालले ओलीका सबै हर्कतहरुबारे भेलामा छलफल गर्ने बताए ।- रातोपाटीबाट

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला