२० वर्षसम्म सेलाएको दरबार हत्याकाण्ड तात्ने संकेत, पूर्वराजा ज्ञानेन्द्रले दिए छानविनको अनुमति !
हत्याको छानबीन गर्ने अधिकार सत्तासिनहरुलाई हुने भन्दै उनले आफ्नो अनुकूलतामा बोल्दै हिंड्ने नेताहरुलाई चुनौतीको भाषामा भनेका छन् ,‘जनताको मत पाएका सत्तासिन व्यक्तिहरुलाई उहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ ।’
नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।
पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

Comments
Post a Comment