प्रधानमन्त्री ओलीको अर्को चलाखीः बाहिर गजबको दोस्ती, भित्रभित्रै राजेन्द्र महतोको नागरिकता छानबिन !

 


नेपालको राजनीतिमा केपी शर्मा ओली र राजेन्द्र महतो सधैं विपरीत धुव्र भइरहे । ओलीको राष्ट्रवादी छवी थियो भने महतो सधैं भारतपरस्त । यही कारण दुई नेताको सम्बन्ध पनि राम्रो हुन सकेन



तर, यतीबेला ओली र महतोको गजब दोस्ती देखिएको छ । ओलीको मन्त्रिपरिषद्मा महतो गृहमन्त्रीका लागि लबिङ गरिरहेका छन् । ओली र महतोलाई भारतले नै मिलाएको चर्चा राजनीतिक वृत्तमा छ ।

कुनै समय यस्तो थियो कि ओलीले नै महतोको नागरिकताको छानबिनको माग गरेका थिए । उनका निकट युवा संघका तत्कालिन अध्यक्ष राजीव पहारीले महतोको नागरिकतोका छानबिन माग गरी २०७२ सालमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतसँग निवेदन दिएका थिए ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोमा आयोगले छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, दबाबका कारण विस्तृत छानबिन हुन पाएन ।

महतोले सर्लाही जिल्लाबाट नागरिकता लिएका हुन् । उनको परिवार भारतबाट नेपालमा आएको हो ।

बुबा खोभारी सुडी भारतीय नागरिक थिए । सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।

महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान–चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थालेका थिए ।

महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महतो र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् ।

गृह स्रोतका अनुसार राजेन्द्र महतोले ०२७र०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।

छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।

महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।

पटक पटक मन्त्री भएका महताको राजनीतिक सफलतामा भारतको भूमिका रहेको बताइन्छ । भारतको इच्छाअनुसार काम गर्ने भएकाले उनले राजनीतिमा सफलता पाउँदै आएका छन् । भारतबाट नेपाल आउने गाडीलाई सरकारले कर बढाउँदा उनले संसदमा त्यसविरुद्ध अर्थात् भारतीय नागरिकको पक्षमा बोलेका थिए । अहिले ओलीसँगको गठबन्धनमा पनि उनी दैनिक जसो दूतावास जाने गरेका समाचार आइरहेका छन् । –दृष्टिन्युज

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला