प्रचण्डलाई भेटेपछि मनाङेले भने: स्विट्जरल्यान्ड बनाउँछु भन्नुहुन्थ्यो, के हुँदैछ बुझ्न गएको !

 

काठमाडौँ। गण्डकी प्रदेशका विना विभागीय मन्त्री दिपक मनाङेले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै उनकै निवासमा भेटेको फोटो राखेपछि सामाजिक संजालमा तरंग उठेको थियो।

उक्त भेटघाटमा ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहत छलफल’ गरेको भनेका गुरुङले मनाङवासीको लागि राहत संकलन गर्ने क्रममा भेट भएको बताएका छन्।

उनले भने, ‘खासै कुरा केही पनि होइन। यसो भेटघाट गर्न गएको थिएँ। उहाँलाई मात्र होइन अरु नेतालाई पनि भेटिरहेको छु।’

अध्यक्ष दाहाललाई भेट गर्नुको अरु कुनै कारण नरहेको भन्दै ठट्यौली पारामा मनाङलाई स्विट्जरल्यान्ड बनाउने कुरा के हुँदैछ भनेर सोध्न गएको बताए। उनले भने, ‘मनाङलाई स्विट्जरल्यान्ड बनाइदिन्छु भन्नुभएको थियो। त्यही विषयमा छलफल गर्न गएको हो।’

दाहाललाई भेटेपछि मनाङे प्रति निकै नै आक्रामक भएर प्रस्तुत भएका थिए नेकपा एमालेका कार्यकर्ताहरु। प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सुर्य थापासम्मले मनाङे र प्रचण्डको भेटबारे टिप्पणी गरेका थिए।

आफैले काँध थापेर सांसद देखि मन्त्रीसम्म बनाएको व्यक्ति विपक्षी गठबन्धन तिर लागेपछि एमालेजन आक्रोशित भएका हुन्। दाहाललाई भेटेपछि एमालेका कार्यकर्ता र समर्थकहरुले मनाङे माओवादीमा प्रवेश गर्न लागेको भनेर हल्लासम्म फैलाएका थिए। आफू निकटका मिडियामा लेखाए पनि।

तर मनाङेले भने त्यो आरोप अस्विकार गरेका छन्। उनले आफू माओवादीमा लाग्ने कुनै योजनामा नरहेको बताए। उनले भने, ‘होइन। कुनै पनि पार्टी परिवर्तन गर्न खोजेको छैन। किन मैले पार्टी चेन्ज गर्नु पर्‍यो?’

मनाङेले आफूले बाँकी रहेको अवधिमा मनाङ्गको बाँकी रहेको विकास पुरा गर्ने बताए। उनले सबै विकास गरिसकेपछि दोहोराइ तेहराइ चुनाव लड्नुको आवश्यकता नरहेको दाबी गरे।

‘अहिले सबै विकास हुन्छ। त्यसपछि के बाँकी रहन्छ र म फेरि चुनाव लड्न?,’ उनले भने।

केही दिन अघि दीपक मनाङेले यसअघि जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईलाई समेत भेटेका थिए। त्यस समय पनि सामाजिक सञ्जालमा बाबुराम भट्टराईलाई लिएर निक्कै आलोचना भएको थियो। त्यसो त उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटिसकेका छन्।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला