
वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर ‘गोपाल’ दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए । भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी ९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए।आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी जेठी श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन स’म्पर्क गरे । दीपक नेपालीकी श्रीमती सुशीला नेपालीसँग पहिलो फोन स’म्पर्कमा सामान्य झ’गडा भयो । एकले अर्कोलाई श्रीमान् श्रीमती ठीक ठाउँमा राख्न नसकेका कारण आफू एक्लो भएको दुवैले गुनासो गरे । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***
Comments
Post a Comment