बास्कोटाको प्रस्न,केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने ?

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने भयानक षडयन्त्र भएको बताएका छन् । काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्ति लगत्तै बाँस्कोटाले शुक्रबार ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला