कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को (५) अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए। प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएनन्।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला