काठमाडौंमा सुनदेखि साडीसम्मका पसल र शपिङ मल खुल्ने, कुन बार कुन ? पढ्नुहोस्
- Get link
- X
- Other Apps

काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले १ हप्ता निषेधाज्ञा थपेका छन् ।
काठमाडौं उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आईतवार बसेको बैठकले असार ८ गतेदेखि १ हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन्नयाँ निर्णयसँगै काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा रहने भएको छ । तर निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।
सीडीओहरूको बैठकले निजी सवारीलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिने निर्णय भएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताएका छन्
प्रशासनको नयाँ निर्णय अनुसार अब ट्याक्सीलाई समेत जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए
हप्ताका बार अनुसार केही पसल समेत खोल्न पाइने निर्णय गरिएको छ । निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार ११–४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने र सोमबार, बुधबार र शुक्रबार ११–४ बजेसम्म शपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल समेत खोल्न पाइने भएको छ
पुरानै निर्णय अनुसार खाद्यान्न, दूध, पुस्तक पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ । निर्माण सामग्रीका पसलहरु बिहान ११–६ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । । । ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment