प्रचण्डको राजनीति सकियो, अब रुँदै बस्न बाहेक काम छैन : गोकुल बास्कोटा
नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद पुनःस्थापना भएपनि केपी शर्मा ओलीले राजीनामा नदिने दावी गरेका छन्। नेता बास्कोटाले एक मिडियासंग अन्तर्वार्ता दिंदै यस्तो बताएका हुन्। नेता बास्कोटाले एमाले सांसद लुटेर कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन्। “संसद पुनःस्थापना भएपनि केपी ओलीले राजीनामा गर्नु हुन्न,एमाले सांसद लुटेर देउवा प्रधानमन्त्री बन्ने ?” उनले भनेका छन्। उनले देउवा प्रधानमन्त्री बन्ने सपना पुरा नहुने दावी गरे। नेकपा एमालेले जनताको मन जितेकोले अब कसैले पनि ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नसक्ने दावी गरे। उनले अब प्रचण्डको पनि राजनीति धरापमा परेको र अब राजनीतिबाट सन्यास लिन आग्रह समेत गरे। उनले प्रचण्ड जस्तो नेताले गर्दा नेपाली जनताले दु:ख पाएको दावी गरे

Good
ReplyDelete