एमाले बिवाद अन्त्य नयाँ खाका तयार जुट्यो ठोश सहमति
काठमाडौं, असार ४ ।
सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरु आज पनि छलफलमा जुटनु भएको छ । पार्टी एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक संवादमा रहेका नेताहरुबीच छलफल भएको छ ।
संवादमा संस्थापनको तर्फबाट सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, बिष्णु रिमाल, शंकर पोखरेलले पहलकदमी लिनुभएको छ भने बरिष्ठ नेता माधव नेपाल र झलनाथ समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईले एकता जोगाउने बार्ता गर्दै आउनु भएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको नियमित संवादपछि नेताहरु माधव समुहमा रहेका नेताहरुसँग संवादसहित निश्कर्ष दिने गरी गृहकार्य अघि बढाउनु भएको छ ।
दोस्रो तहका नेताहरुबीच आज पनि सहमतिको बिन्दु खोज्ने बिषयमा केन्द्रित रहेर छलफल भएको छ । ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने लगभग सहमति जुटेको स्रोतको भनाई छ ।
एमाले नेता योगेश भट्टराईले यसअघि एक टेलिभिजन अन्तवार्तामै नेकपा एमाले रोजेका पूर्वमाओवादीका नेताहरुलाई सम्मानपुर्वक पार्टीको जिम्मेवारी दिएर बलियो एमाले बनाउने बिषयमा कसैले बिवाद गर्न नहुने र त्यो काम पहिलो बैठकबाटै गर्ने खाका प्रस्तुत गर्नुभएको थियो ।
माधव समुहभित्रका केही नेताहरु भने प्रचण्डको बफादार बन्न एमाले रोज्नुभएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहलगायतका नेताहरुलाई अपमानित गर्दै माओवादीमै फर्कन बाध्य पार्नुपर्ने तकै गरिरहेका छन ।
तर सो समुहका प्रभावशाली पाँच नेता बलियो एमाले भन्दै सवैको सम्मानजनक जिम्मेवारीको पक्षमा उभिनुभएको छ । आजको बार्तामा संस्थापनबाट सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी हुनुभएको छ । यस्तै माधव–झलनाथ समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य सहभागी हुनुभएको छ ।
एमाले अध्यक्ष ओलीले यसअघि नै अपिलमार्फत जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने घोषणा गरिस्क्नु भएको छ । अध्यक्ष ओलीको अपिलसँगै माधव समुहमा रहेका प्रभावशाली नेताहरुले माधव र झलनाथलाई पार्टी बिभाजन भए एमालेमै रहने भन्दै दवावमा राखेर संस्थापनसँग बार्ता अघि बढाउनु भएको हो
यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहनुभएका नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने घोषणा यसअघि नै गरिसक्नु भएको छ ।
आजको छलफलमा एकताको ठोश आधार तयार पारेको बताइएको छ । एकताको अन्तिम निश्कर्ष नआउँदासम्म छलफल र सहमतिका बिषय बाहिर नल्याउने सहमति आफूहरुबीच भएको नेता नेम्वाङले जानकारी दिनुभयो । ‘हामी निरन्तर छलफलमै छौं, अन्तिम निश्कर्षमा पुगिसकेको छैन,’ नेम्वङले भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले यसअघि नै अपिलमार्फत जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने घोषणा गरिस्क्नु भएको छ । अध्यक्ष ओलीको अपिलसँगै माधव समुहमा रहेका प्रभावशाली नेताहरुले माधव र झलनाथलाई पार्टी बिभाजन भए एमालेमै रहने भन्दै दवावमा राखेर संस्थापनसँग बार्ता अघि बढाउनु भएको हो । जनता टाइम्सबाट

Comments
Post a Comment