हेटौंडामा कांग्रेस सांसद वैद्यको तस्विर जलाईयो



हेटौंडा । हेटौंडामा बागमती प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यको तस्विर जलाईएको छ । शनिबार बिहान नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियू,अनेमासंघ,मदन भण्डारी स्पोस्र्टस एकेडेमीले वैद्यको अभिब्यक्तिको निन्दा गर्दै सडकमा प्रदर्शन गरेको हो । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला