“मेरो बाबा न’राम्रो मान्छे होइन: पूर्णिका शाह “

 




काठमाडौँ। पूर्व युवराजधीराज पारस शाहको बिग्रिएको छबिका कारणले उनकी छोरी अर्थात् पूर्व नवयुवराज्ञी पूर्णिका शाह साइबर ट्रलीङ्गको शिकार बनेकी छिन्।


केही दिन अघिको टिकटक लाइभमा केही व्यक्तिहरुले आफ्ना पिता पूर्वयुवराजधीराज पारस शाहबारे अनगर्ल शब्द बोलेपछि आक्रोशित बनेकी शाहको भिडियो अहिले अत्यन्तै भाइरल भइरहेको छ।


बाबुलाई ‘डिफेन्ड’ गर्न बोलेका शब्दहरुलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ। पूर्व नवयुवराज्ञी शाहले आफ्नो पिताको बचाउँमा उत्रिदै उनले राष्ट्रको लागि धेरै गरेको बताएकी छिन्। उनले आफ्नी आमा, हजुरबुबा-हजुरमुवा जस्तो नदेखिदैमा आफ्ना पिता खराब भइ नहाल्ने बताएकी छिन्।


आफ्नो पिताको केही नलुकाउने बानीलाई खराब भन्न नमिल्ने उनको तर्क छ।

त्यति मात्र नभएर पूर्व नवयुवराज्ञी शाहले मदिरा सेवन गरेर लाइभमा आएको भन्दै सामाजिक सञ्जालमा केहीले टिप्पणी गरेपनि सानै उमेर देखि नेपाल बाहिर पढेकी र हुर्किएकी उनको लवज नै त्यस्तै रहेको बुझिन्छ। केहीले भने आम नागरिक भइसकेका पूर्व राजपरिवारबाट अहिले पनि नेपालमा राजतन्त्र हुँदाको जस्तो ठाँट अपेक्षा गर्न नहुने टिप्पणी गरेका छन्। भिडियो हेर्नू 👇️👇️

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला