मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका संस्थापक अध्यक्ष जोशिको निधन
हेटौंडा – गए राती मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका संस्थापक अध्यक्ष राजेशहरि जोशिको निधन भएको छ । उनको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको बताइएको छ ।
हेटौंडा–२ का स्थायीवासी जोशीको ललितपुर महानगरपालिका, पाटनको सुनधारास्थित निवासमै निधन भएको हो । मकवानपुर बचत तथा ऋण सहकारी सस्थाका सस्थापक अध्यक्ष समेत रहेका जोशि २० वर्षबाट हालसम्म अध्यक्ष पादमा थिए ।
जोशि नेपाल बुद्धिचाल संघका निर्वतमान अध्यक्ष समेत हुन् । उनी २०५६ सालमा मकवानपुर जिल्ला बुद्धिचाल संघका संस्थापक अध्यक्ष हुँदै २०५९ सालमा नेपाल बुद्धिचाल संघको उपाध्यक्ष र २०६४ सालमा नेपाल बुद्धिचाल संघका अध्यक्ष भएका थिए ।

Comments
Post a Comment