नारायणघाट डुबानमा पर्न सक्ने,जिल्ला प्रशासन कार्यालयले दियो चेतावनी,पढेर सतर्क रहौं

 

चितवन, जेठ ३०

चितवन प्रशासनले नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो । सूचनामा मौसमको समय सुरु हुन लागेकोले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आमनागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न पनि भनिएको छ ।

यो पनि पढौं
३१ जेठ, काठमाडौं,जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली देशैभरि फैलिएको जनाएको छ । महाशाखाका अनुसार गएको शुक्रवार नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको हो ।

यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशका सबैजसो ठाउँमा बादल लागेको छ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला