ओली सुमुह र माधव समूह मिल्ने सङ्केत। प्रचण्ड लाई लाग्यो झड्का।।
केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर कमिटी बनाएर अघि बढेको नेकपा एमालेको माधवकुमार नेपाल समूह वाग्मती प्रदेशमा भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहको साथमा उभिएको छ । शनिबार बिहान बसेको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन।
नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य रचना खड्काका अनुसार वाग्मतीको नीति तथा कार्यक्रम पास गर्न एमाले एक ढिक्का हुन लागेको हो । शाक्यले सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहोल बनोस् र त्यसको उदाहरणीय काम वाग्मतीबाटै सुरू होस् भनेर सन्देश दिन आफूहरू एक भएको बताइन् ।
उनले पार्टी एकताको वातावरण बनाउनका लागि सरकारको नीति तथा कार्यक्रम पारित गराउन आफूहरू एक हुन लागेको स्पष्ट पारिन् । यस्तै नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको जानकारी बैठकमा गराएको जनाइएको छ ।
मुख्यमन्त्रीले पनि बजेट पार्दा समानुपातिक रूपमा सबै क्षेत्रमा पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालिएको छ ।
नेकपा एमाले वाग्मती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बैठक बसेको थियो । बैठकमा एमालेका दुवै पक्षका सांसदहरू सहभागी भएका थिए । नीति तथा कार्यक्रम आज वाग्मती प्रदेशमा निर्णयार्थ पेश हुँदैछ ।

Comments
Post a Comment