ब्याचलर चार वर्षे कोर्षहरु का सम्पूर्ण परिक्षा को नतिजा प्रकाशित हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह मानविकी सङ्कायतर्फ तेस्रो वर्षको परीक्षाको नतिजा आउँदो साता प्रकाशन गर्ने भएको छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् । शिक्षाध्यक्ष प्र. शिवलाल भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिएका छन् । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले इकर्मचारीलाई जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उनले बताए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला