कास्कीको मादीमा आएको वाढीले २ जेसिबी टिपर हाइड्रोका जेनेरेटर लगाएतका सामाग्रीहरु बगाए

 कास्कीको मादीमा आएको वाढीले २ जेसिबी टिपर हाइड्रोका जेनेरेटर लगाएतका सामाग्रीहरु बगाए

पोखरा । अविरल वर्षा सङै आएको कास्कीको मादीमा आएको वाढीले मादी गाउँपालिका २ ताङ्तिङ बेसीमा निर्माण भैरहेको ४४ मेघावाट सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुराएको छ ।

बाढीले २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटरलगाएतका अन्य मेसिनरी सामाग्रीहरु र क्रसर बगाएको छ। वडा न २ का वडा अध्यक्ष एकजङ गुरुङका अनुसार अहिलेसम्म कुनै मानवीय क्षती भने भएको छैन । हिजो देखी परेको अविरल वर्षाका कारण पोखराका विभिन्न क्षेत्रहरुमा असर गरेको छ ।

undefined

पोखरा १७ स्थित छोरेपाटनको मुख्य सिदार्थ राजमार्गकै सडकमा भ्वाङ परेको छ । स्थानीयका अनुसार पोखरा १७ र २२ को माथिल्लो क्षेत्र बाट आएको पानीले निकाश नपाउदा सडकमा पानीको ताल नै बन्ने र सडक नै भासिने समस्या बर्षेनी हुने गरेको बताउछन । अहिले भासिएको सडकलाई डोजरले सम्माइ सकेको छ ।

आज बिहाननै अविरल वर्षाका कारण पोखरा ६ बैदाम र पोखरा ९ नयाँबजारमा पनि केही घरमा क्षति पुर्याइेको छ भने केही घर जोखिममा परेका छन । वर्षाका कारण पोखरा ९ नयाँबजार सिद्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा पहेका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ भने, जोखिमयुक्त घर तथा बस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।

हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ । यसै गरी पोखरा ६ बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ । बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा तीन घरमा क्षति पुगेको हो ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला