देशभर हारेपछि केपीले बाेलाए आकस्मिक बैठक : सबै प्रदेशका प्रदेश सभा विघटन गर्ने संकेत

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त । केपी वलीले सक्नेजति सबै कदम चाल्ने खतरा । जेष्ठ २८, २०७८, काडमाडाैँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका थिए । पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए । तर, विश्वासको मत पाउन असफल मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका थिए । दुवैको दाबी नपुग्ने भन्दै केन्द्रको जस्तै गण्डकी प्रदेश सभा पनि प्रदेश प्रमुखले भंग गर्न सक्ने आशंकामा बहुमत सांसदहरूले प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका थिए । यस संगै उनले देशमा थप समस्या ल्याउन सक्ने सम्भावना देखिन्छ । प्रतिनिधी सभा वारवार विघटन गरेर देशमा अस्थिरता ल्याइरहेका वलीले देशभरकाे लज्जास्पद हार बाट थप केही कदम चाल्ने सम्भावना देखिन्छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला