समाजवादीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई दिएको समर्थन फिर्ता लिन सक्ने। केपी ओलीलाई ठूलो समस्या पर्ने सम्भावना

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले गरेको अन्तरिम आदेशबारे उनले सो टिप्पणी गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए । ‘३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको थियो । संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय नै गर्न सकेन’, ठाकुरले भने, ‘ नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।’

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला