पाँच पूर्वप्रधानमन्त्री लाई रवीन्द्र मिश्रले भने -विदेशीसामू लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली राजनीतिक दलका नेताहरुको नाटक धेरै बताएका छन ।
पाँच पूर्व प्रधानमन्त्रीले संयुक्त रुपमा विज्ञप्ति निकालेपछि मिश्रले यस्तो आरोप लगाएका हुन्।
उनले लेखेका छन्:
” नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस्: पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति।”
“नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्। तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुहेको हुने थिएन।”
“विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हष्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने समयमैँ बुझिदिएको भए यो स्थिति आउने नै थिएन!”

Comments
Post a Comment