सबै स्कुल कलेज खुल्ने । भित्र खोलेर सबै पढ्नुहोला परिक्षा छुट्न सक्छ है।
सबै बिद्यार्थीको लागि यो सूचना पढ्न भुल्नुभयो की ? तपाईका परीक्षाहरु छुट्न सक्छन् है
सूचना आफूले हेरिसकेपछि लाखौँ विद्यार्थीको जानकारीका लागि सेयर गरिदिनुहोला। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको स्नातक तह प्रथम वर्षका परीक्षार्थी र सम्बन्धित क्याम्पसहरुका लागि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न पूर्व प्रकाशित सूचनामा अनलाइन सिस्टममा देखिएका समस्याहरुको समाधान हेतु त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार तपसिल बमोजिम गर्न गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो
।
१. अशिंक र मौकाका केही परीक्षार्थीहरुको रजिष्ट्रेशन नम्बर अनुसार अनलाइन एक्सेस नखुलेका कारण आज मिति २०७८ जेष्ठ २६ गतेदेखि उक्त फारमहरु रजिष्ट्रशन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरिएको ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
२. सन् २०१९ सालको रजिष्ट्रेशन नम्बर कायम नभएका परीक्षार्थीहरुको हकमा त्यस्ता परीक्षार्थीहरुको रजिष्ट्रेशन फारम तथा आवश्यक प्रमाणपत्र दोब्बर दस्तुर शुल्क लिई सम्बन्धित क्याम्पसले नै अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणका समय भित्र रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा लिइसक्नु पर्नेछ । अन्यथा रजिष्ट्रेशन नम्बर कायम नभएका परीक्षार्थीहरुलाई परीक्षामा संलग्न गराइने छैन । ३. प्राइभेट (आंशिक र मौका) परीक्षार्थीहरुले पनि तोकिएको शुल्क सम्बन्धीत परीक्षा नियन्त्रण कार्यालयको खातामा जम्मा गरेको भौचर सहित हालसालै खिचेको पासपोर्ट साइजको फोटो अपलोड गरेर अनलाइनबाटै परीक्षा आवेदन फारम भर्न सक्ने व्यवस्था मिति २०७८ जेठ २६ गतेदेखि जेठ मसान्त सम्म कायम गरिएको छ ।
प्रवेशपत्र लिन आउँदा प्राइभेट परीक्षार्थीहरुले परीक्षा आवेदन फारम भरी अपलोड गरिएको फोटो २ प्रति र रकम बुझाएको सक्कल बैंक भौचर वा अन्य माध्यमबाट पठाएको प्रमाण अनिवार्य रूपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा पेश गर्नुपर्नेछ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Comments
Post a Comment