विदेशबाट फर्केका युवालाई १० लाख रुपैया सहुलियत ऋण, यस्ता कागजपत्र बुझाउनुपर्छ



काठमाडौ । विदेशमा सिकेको सीप, अनुभव तथा केही गर्छुँ भन्ने सोचका साथ व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा ल्याएको छ । जस मार्फत १० लाख रुपैया सम्म सहुलियत ऋण पाइन्छ ५ प्रतिशत व्याजमा पाइने यो ऋणका लागि आवश्यक कागजात पेश गर्नुपर्नेछ । वैदेशिक रोजगरीवाट फर्किएकाहरुलाई यो योजना लक्षित छ। नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार यो व्यवस्था लागू भएदेखि २०७८ को जेठ महिनासम्म ७ सय ८२ जनाले यस कर्जाको लाभ उठाएका छन्। अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । कार्यविधिमा व्यवस्था भएअनुसार श्रम स्वीकृति प्राप्त गरि वा नगरि कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरि नेपाल फर्केकाहरुलाई यो कर्जा दिइन्छ । उनीहरुले व्यक्तिगत या सामूहिक रुपमा यो कर्जाको लागि बैंकमा आवेदन दिन पाउँछन् कर्जा लिनको लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । यसरी माग गरिएको कर्जामा सम्बन्धित व्यक्तिले उल्लेख गरेको कर्जाको उद्येश्य, जोखिम, माग रकम लगायत परियोजनाको सम्भाव्यता हेरेर तथा कर्जाको सदुपयोग हुने आधारमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्नुपर्ने व्यवस्था छ । कुनै कारणबस कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएमा स्पष्ट आधार र कारणसहित सम्बन्धित निवेदकलाई लिखित जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।***** अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला****

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला