माधव नेपालसहितकाे एमाले एकता गर्ने मिति नै तोकियो, सुवास नेम्वाङले नै यस्तो ठोकुवा गरेपछि देशभर नेता कार्यकताहरु समेत परे दंग !

 

नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएको छ


नेकपा एमाले स्थायी कमिटी सुवास नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा सहभागी गराउने गृहकार्य अघि बढेको छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन, आशा छ हाम्रो प्रयाश सफल हुन्छ,’नेम्वाङले भने । उनले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए।


प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । 


नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन,’ नेम्वाङले भने ‘मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिष जारी छ। ’


यसैबीच, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । पार्टी भित्रको विवाद बढ्दै गएपछि ओलीले जेठ २ गते कायम रहेको कमिटीको बैठक बोलाउने तयारी गरेका हुन् । 


बैठक बोलाउने तयारी भएपछि अहिले माधव नेपाल समूहसँग नेताहरु निरन्तर छलफलमा रहेका छन् । बैठकमा नेपाल र झलनाथ खनाललाई पनि सहभागी गराएर एकताको सन्देश दिने उद्देश्यले बैठकको आह्वान भएको बुझिएको छ । तर नेपाल—खनाल सहभागी हुने निश्चित भइसकेको छैन् । 


ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर नेपाल समूहका नेतहरु कारवाहीमा परेको अवस्था कायमै रहेकाले बैठकमा सहभागी हुने नहुने भन्ने विषयमा टुंगो लागेको छैन् । 


ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।


यसैबीच आज बैठक आह्वानको पूर्णसन्ध्यामा नेताद्वय बामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता भएको छ । गौतम निवासमा भएको भेटमा उनीहरुबीच एकतालाई कसरी सम्भव बनाउने भन्ने विषयमा कुराकानी भएको थियो । 


प्रदेश सरकारमा आफ्नो पकट कमजोर हुँदै गएपछि कमजोर महसुस गरिरहेको एमाले अहिले कुनै पनि हालतमा मिल्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि जेठ २ मा फर्कन लचिलो बनेका छन् । सोही विषयमा छलफल गर्न पौडेल गौतमलाई भेट्न पुगेका हुन् । 


 

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला