असार २ गते गुटको स्थायी कमिटी बैठक हाे, एकताको कुनै पहल भएको पनि छैन : झाक्री




काठमाण्डौ, २ असार सुदर्शन खबर नेकपा एमाले नेत्री तथा युवा नेता रामकुमारी झाक्री आज हुन गहिरहेको स्थायी कमिटिको बैठक नेकपा एमालेको नभई ओली गुटको रहेको बताएकी छिन्। एमाले नेत्री रामकुमारी झाक्री अनुरोध गदै लेख्छन: असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला। हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन। यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला