नेपालको डरलाग्दो शर्त ओलीको टेवलमा पुग्यो, ओलीले अव के गर्लान ?
- Get link
- X
- Other Apps

असार १, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच मिलनको सम्भावना अझै टरेको छैन। तर, मिलनका लागि नेपालले सुत्रहरुमार्फत् पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये कुनै एक छाड्नुपर्ने शर्त ओलीसम्म राखेको बुझिएको छ।
ओलीले २ जेठ २०७५ को अवस्थाको पार्टी संगठनको संरचनालाई ब्युँताउने सहमति जनाइसकेपनि नेपालले नयाँ शर्त राखेका हुन्। अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाडेमा मात्र कुरा मिल्ने शर्त राखेपछि एकताका लागि दौडिएकाहरु नै समस्यामा परेका छन्।
उनीहरु दुवै नेतालाई लचिलो बनाउने गरी लागेका छन् । एमालेको नवौं महाधिवेशनको सांगठनिक संरचनामा फर्कन ओली तयार भएपनि नेपाल पक्षका २३ सांसदले प्रतिनिधि सभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित दायर रिट फिर्ता लिनुपर्ने शर्त राखेका छन्। तर, नेपालले प्रतिनिधि सभा विघटनको सिफारिशबाट ओली फर्कनुपर्ने शर्त समेत राखेका छन्।
दुवै खेमा शर्तहरु तेर्साएर बढिरहेको छ। नेपालले एमालेमा ओलीसँग बस्न नसिकिने निष्कर्ष निकालिसकेका छन्। उनले नयाँ दल खोल्ने खुलासा समेत गरिसकेका छन्। तर, नेपाललाई रोक्न सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायत नेताहरु सक्रिय भएका छन्। उनीहरु अन्तिम समयसम्म एकता बचाइराख्न लागेका छन्।
कुनै हालतमा ओलीको चुनौतीबाट पछि नहट्ने भन्दै माधव नेपालले ‘आयाराम गयाराम’ को उदाहरण दिइसकेका छन्। उनी जो जो जाओस् तर आफू अघि बढ्ने गरी लागेका छन्।
नेकपाको एउटा पक्ष एमाले एकताका लागि नेपाललाई प्रधानमन्त्री या पार्टी अध्यक्ष बनाउने गरी लागेको छ। ओलीलाई प्रधानमन्त्रीबाट ब्याक गराएर नेपाललाई बनाउने, नेपाललाई अध्यक्ष बनाएर ओलीलाई २०७९ मंसिरसम्म प्रधानमन्त्री बनाइराख्ने, ओली र नेपाल दुवै अध्यक्ष बनेर प्रधानमन्त्री पनि ओलीले नै चलाउने गरी तीन विकल्पमा छलफल बढिरहेको बुझिएको छ।
नेपालले भने ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने, प्रतिनिधि सभा विघटनको सिफारिशको निर्णयबाट पछि हट्नुपर्ने र नवौं महाधिवेशनको निर्वाचित कमिटीबाट पार्टी अगाडि बढ्नुपर्नेबाहेकमा सम्झौता नहुने स्पष्ट सन्देश पठाइसकेका छन्। अहिले दुवै नेताको शर्तहरु हेरेर मध्यमार्गी बाटो खोज्ने प्रयास भइरहेको छ। एमाले अध्यक्ष ओली र नेपाल दुवैलाई मिलाउन बामदेव गौतम तटस्थ भूमिकासहित लागेका छन्।
ओली खेमाबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ्ग, प्रदीप ज्ञवाली, विष्णु रिमाल बढी सक्रिय छन्। नेपाल खेमाबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य बढी सक्रिय छन्। एकता पक्षधरले आफ्नै बलियो खेमा तयार गर्दै लगेर नेताहरुमाथि दबाब बढाइरहेका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment