सात दिन भित्र एमाले एकताले नयाँ माेड लिन्छ : याेगेश भट्टराई

सात दिन भित्र एमाले एकताले नयाँ माेड लिन्छ : नेता भट्टराई , असार १, २०७८
नेकपा एमालेका युवा नेता याेगेश भट्टराईले अबकाे सातदिनभित्र एमाले एकताले नया माेड लिने दावी गरेका छन् । एमाले एकतामा अथक मेहनत गरिरहेका युवा नेता भट्टराईले दुवैपक्षमा भएका केही अतिवादीका कारण पार्टी एकतामा अप्ठ्यारो आएकाे बताएका छन् । उनले दुवैपक्ष हामी एमाले हाै भन्ने एक पक्ष महन्थ बाेकेर हिड्ने अर्काे पक्ष प्रचण्ड देउवा उपेन्द्र यसरी एकता सम्भव नहुने भन्दै नेताहरु सच्चिनुपर्ने तर्क गरे । यो … नेपाल समूलाई फकाउन र फसाउन जे,जस्ता शर्त पनि मञ्जुर रहेको म्यासेज बालुवाटारबाट पुनः पठाउन थालिएको चर्चा छ । मौसमी रुपमा पठाइने त्यस्ता म्यासेज र अपनाइने व्यवहारको अन्तर्य के होला रु त्यसो गर्दा सर्वसाधारणलाई समेत केपी झुकेकै हुन् माधव समूह पो ‘ज्याद्रो’ रहेछ भन्ने भान परोस् भन्ने ध्येय पनि यसमा हुनसक्ने अखिलका नेताहरुको ठहर छ । यही खेल नेपाल समूहका युवा नेताहरुले नबुझेकोमा अखिल पंक्तिले अचम्म मानेको बताइन्छ । नेपाल समूहबाट बागमती प्रदेशसभाका एकजना प्रभावशाली नेता भन्नुहुन्छ ‘अध्यक्ष केपीका यी सबै दाउपेच मात्रै हुन् । उहाँ आफू अप्ठेरोमा परेको बेला नयाँ नयाँ फण्डा फाल्नुहुन्छ ।’ प्रधानमन्त्री ओलीका गेम प्लान उल्लेख गर्दै उहाँ भन्नुहुन्छ ‘जेठ पहिलो साता हेटौंडामा राष्ट्रियसभातर्फ रिक्त सदस्यको चुनाव थियो । दुई दिनअघि कार्यदल बनाउन तयार हुनुभयो । चुनाव सकियो,कार्यदल पनि सकियो । संसदमा विश्वासको मत लिने बेला त्यहि ढंगले नेपालसँग चोचोमोचो जोड्ने प्रयास भयो । नागपोखरीको एउटा होटलमा धरहरा हेर्दै फोटो सेशनसम्मका काम भए । हरेक घटनामा आफ्नो काम बनेपछि लात हान्ने उहाँको पहिलेदेखिकै प्रवृत्ति हो ।’ लामो समयदेखि माधव नेपालसँग नजिक रहेका नेताहरुमध्ये केहीले अहिले मौनता साँध्नुका पछाडि ‘उहाँहरुमा पार्टी नयाँ बनाउन सकिँदैन भन्ने डरले घर गरेको’ बताइन्छ । २०५४ सालमा वामदेव गौतमले पार्टी फुटाउँदा संसदीय राजनीतिमा पार्टीको हैसियत धरापमा पुगेझैँ यसपटक पनि त्यहि हुने उहाँहरुको आँकलन हो ।२३ बर्षअगाडि तारा चिन्हले पाएको छ लाख भनेको चानचुने कुरै होइन १ त्यतिबेला प्रत्यक्षतर्फ नजिते पनि समानुपातिक सिस्टम भएको भए त्यसको असर बेग्लै हुने थियो । अहिलेको संवैधानिक व्यवस्था फरक छ ।”ओलीबाट अवसर पाएका र तिरस्कार,बहिष्कार,अस्वीकार गरिएका नेता,कार्यकर्ताको अनुपात हेर्नोस् त !” एकजना स्थायी समिति सदस्य बताउनुहुन्छ । वर्तमानको समानुपातिक व्यवस्थाले कुनै पनि स्थापित राजनीतिक दललाई शून्यमा झार्दैन । पपुलर मतको आधारमा पार्टी विभाजन हुँदासमेत १० देखि १२ सिट समानुपातिक सांसद हुने उहाँको दाबी छ । भन्नुहुन्छ ‘विपक्षी गठबन्धनको साझा उम्मेदवारीको आधारमा अरु १५ देखि २५ सिट सजिलै आउने अवस्था छ ।’ नेपाल समूह छाडेर बालुवाटार जाँदा पनि उहाँहरुलाई प्रधानमन्त्री तथा एमाले अध्यक्षले वामदेव गौतमको हालत बनाइदिने सबैलाई थाहा छ भन्दै उहाँ थप्नुहुन्छ, ‘राजनीतिमा इमान चाहिन्छ तर एकैछिनमा कुरा फेर्न सक्ने ओलीको विश्वास गर्दै किन दौडिरहेका छन् साथीहरु,हामी आफैँ छक्क छौँ ।’

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला