मुख्यमन्त्री बाट हटेपछि गुरुङले गरे गुट परिवर्तन गर्ने घाेषणा : केपी प्रति यति धेरै आक्राेश पाेखे


रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर मेरै पार्टीले सहयोग गरी सांसद बनायौं । सभामुख नमान्दा नमान्दै सांसदको शपथ खुवाए । नेकपामा प्रवेश गर्‍यो । पछि पार्टी फुटेपछि एमाले बन्यो । एमालेलाई नै लेबी तिरिरहेको छ । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिएँ । उसले पछि मलाई सम्झिनेछ ।’

जेष्ठ ३०, २०७८, काठमाडाैँ — गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने बताएका छन् । आइतबार मुख्यमन्त्री निवासमा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले कसैको दबाबमा घुँडा टेक्न नसक्ने बताए ।

आफ्नो पद धरापमा भएपछि प्रम ओलीले सत्ता टिकाउनको लागि दुई/दुईपटक संसद् विघटन गरेको र गुरुङलाई पनि त्यस्तै निर्देशन आएको हो ? भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा गुरुङले भने, ‘राजनीति फोहोरी खेल हो भनिन्छ तर राजनीति होइन पात्र फोहोरी हुन् ।’ नेकपा विवादित बन्दा आफ्नो सत्ता गुमेको उनको धारणा थियो ।

‘राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित बनाइयो,’ उनले भने, ‘लोकतन्त्र विधिको शासन हो । कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रीत हुनु गलत हो ।’ उनले सरकारमा उभिने जोकोही नेता पनि लोकतन्त्रको पक्षमा उभिन नसक्ने बताए ।

नेता, नीति र विधिको शासनमा चल्नुपर्ने उनको भनाइ थियो । बदलाको भावमा नै सरकार परिवर्तन भएको बताउँदै उनले संकटको बेलामा नै पार्टी बलियो बनाउन सकिने बताए । मुख्यमन्त्री भएपछि केन्द्रमा महत्वपूर्ण काममा बाहेक अघिपछि नगएको बताउँदै उनले अब पार्टीलाई संकटबाट जोगाउनको लागि समय आएको बताए । उनले अबका दिन केन्द्रीय राजनीतिमा केन्द्रीत हुने बताएका छन् । शनिबार भएको धर्ना र आन्दोलन आवश्यक नभएको बताउँदै उनले भने, ‘बहुमत पुर्‍याएपछि सरकार गठन हुन्थ्यो तर जंगली पारा देखाइयो ।

सरकारमा जान दुई घण्टा पनि कुर्न किन सकिँदैन ? बलको आधारमा सरकार बनाउनुपर्छ पीएसलाई हटाउनैपर्छ भन्ने देखियो ।’ मुख्यमन्त्रीमा दाबी गरेको विषयमा पनि क्लियर पार्दै सभामुखबाहेक अन्य ५९ सांसदले नै दाबी गर्न सक्ने बताए । ‘मैले हाम्रो पार्टीको २७ जना सांसदको विवरण बुझाएको हुँ,’ उनले भने । उनले गठबन्धनबाट बनाइएका सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने बताए ।

उनले प्रदेश संघीयताको अभ्यास भएकाले पहिलो कार्यकाल ५ वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने योजना नरहेको सुनाए । ‘संघीयता बलियो बनाउनुपर्छ भनेर संघ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे हुँ,’ उनले भने, ‘मैले विश्वासको मत प्राप्त गर्न सकिँन । आफ्नो स्वार्थको लागि संसद् विघटन गर्न सक्थिँन । प्रदेशले नै संघीयताको औचित्य पुष्टि गर्छ । संघीय शासन प्रणलीको पहिलो अभ्यास हो ।’ उनले मुलुकमा अस्थिरता रहेको बताउँदै संघीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको बताएका थिए ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला