सभामुखको प्रश्न – प्रधानमन्त्रीले विश्वासको मत परीक्षण गर्ने ठाँउ संसद हो कि शीतल निवास ?

 

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वाेच्चले भनेअनुसार सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिनुभएको छ ।

संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्ने अथवा नसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको भन्दै उहाँले राष्ट्रपति कार्यालयमा विश्वासको मतको आधार यकिन गर्न नसकिने बताउनुभएको हो ।

प्रतिनिधि सभाका १४९ जना सदस्यको समर्थनसहित धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको उहाँले स्मरण गराउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।’

सभामुख सापकोटाले राष्ट्रपतिले नयाँ सरकारको दाबी गर्न २४ घण्टाको समय दिएकोमा प्रश्न उठाउँदै भन्नुभएको छ, ‘प्रत्यर्थी सम्माननीय प्रधानमन्त्रीको आफूलाई प्रतिनिधि सभाको विश्वास नरहेको घोषणा गरेसँगै धारा ७६ (५) को दाबी गर्न जम्मा २४ घण्टाको मात्र समय दिने, धारा ७६ (५) बमोजिम पुनः आफैं दाबी गर्ने र मध्यरातमा प्रतिनिधि सभा नै विघटन गर्न सिफारिस गर्ने कार्य लोकतन्त्रको मूल मान्यता, संवैधानिक सर्वोच्चता तथा विधिको शासनको प्रतिकूल मात्रै नभै बहुसंख्यकवादको सिद्वान्त समेत आकृष्ट हुन्छ ।’

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला