केपी विद्याकाे अर्काे लज्जास्पद हार : सर्वाेच्च बाट आयाे कसैले नसाेचेकाे खबर : देशभर दिपावली

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । काठमाडौँ — सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसले उक्त अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,’नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा हो । वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ भने गैर नेपालीलाई कानूनबमोजिम प्रक्रिया पुरा गरेर अंगिकृत वा मानार्थ नागरिकता दिने जस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिदैँन । गैर नेपाली व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन मिल्दैन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको भोलिपल्ट जेठ ९ गते प्रधानमन्त्रीको सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् । जसपाकाे याे मुख्य नारा थियाे तर अब सर्वाेच्चकाे यस्ताे निर्णयपछि जसपा सरकार बाट वाहिरने सम्भावना देखिन्छ । सर्वाेच्चकाे पुर्ण पाठ यस्ताे छ । राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन । उनले प्रधानमन्त्रीकाे सिफारिसमा जेठ ९ गते जारि गरेकी हुन । नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो विधेयक जारी गरेकी हुन्। कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। के छ राष्ट्रपतिले जारी गरेको नागरिकता अध्यादेशमा ? कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार ‘जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था संशोधनले गरेको छ ।’ काठमाडौँ — संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत भएको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान गर्नुभन्दा झन्डै डेढ घण्टाअघि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले दुइटा अध्यादेश जारी गरिन् । त्यसमा एउटा थियो- सपथसम्बन्धी र अर्को थियो कोभिड-१९ संकट व्यवस्थापनसम्बन्धी । संसद्को ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीको सपथ लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतीज्ञा गर्दछु’ भन्ने व्यहोरालाई ‘त्यो पर्दैन’ भनिदिएपछि उत्पन्न भएको परिस्थितलाई सम्हाल्न सपथसम्बन्धी अध्यादेश जारी गरिएको थियो । सपथ प्रकरणमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना भएपछि गल्तीलाई स्वीकार नगरी कानुन नै परिवर्तन गरिएको भन्ने व्याख्या पनि गरिए । कोभिडको दोस्रो लहरले नागरिकहरु हताहत हुन थालेपछि र अस्पतालहरु अस्तव्यव्यस्त भएपछि कोभिडको संकट व्यवस्थापन अध्यादेश ल्याइएको थियो । बिहीबार नै मन्त्रिपरिषद्ले यी दुईका साथै तेस्रो अध्यादेश पनि राष्ट्रपति कार्यालयमा पठाएको थियो- नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश । संसद्‍मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको यो कानुनलाई राष्ट्रपति भण्डारीले तीन दिन राखेर आइतबार जारी गरिन् । कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार यो संशोधनले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ । यो अध्यादेश मन्त्रिषरिषद्‍ले पठाउनासाथ यसलाई राजनीतिक फाइदाका लागि अघि सारिएको तुरुपको पत्ताको रुपमा व्याख्या गर्न सुरु गरियो । नागरिकता ऐनमा संशोधन, खासगरी वंशजको नागरिकता लामो समयदेखि जसपाले माग गरिरहेको विषय थियो । आफ्नो सरकार अल्पमतमा रहेको र संसद्‍मा विश्वासको मत लिनुपर्ने अवस्था भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई फकाउन अध्यादेश ल्याएको विश्लेषणहरु गरिए । संविधानको धारा ११ को उपधारा ३ मा यो ‘संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्छ’ भन्ने लेखिएको छ । त्यस्तै, उपधारा ४ मा आमा र बाबुको पहिचान नभएको तर नेपालमा फेला परेको नाबालक बाबुआमाको पहिचान नखुलेसम्म वंशज र उपधारा ५ मा बाबुको ठेगान नभएको तर नेपाली आमाबाट जन्मेको सन्तानलाई पनि वंशजकै आधारमा नागरिकता दिइने उल्लेख छ । जसपालाई मनाउन नागरिकता अध्यादेश जुनबेला नागरिकतासम्बन्धी विषय समेटिएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भयो, त्यसबेला एमाले र नेकपा माओवादी केन्द्रले विधेयकका केही प्रावधानमा असहमति जनाएकै कारण यो विषय प्रतिनिधिसभाबाट पारित भएको थिएन। तर, केपी शर्मा ओली नेतृत्वको सरकार रहने/नरहने भनेर धरमराएका बेला सरकारले आफूअनुकूल अध्यादेश ल्याएको हो । प्रधानमन्त्री ओलीनिकट मानिएका एक मन्त्रीका अनुसार संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेबमोजिम संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याइएको हो । २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो । त्यसको भोलिपल्ट २३ गते सांसदहरूलाई विधेयक दिइयो । २८ गते प्रतिनिधिसभामा विधेयक पेस गरियो । २९ गते सामान्य छलफल गरेर विधेयक राज्य व्यवस्था समितिमा पठाइयो । समितिमा भदौ ५ बाट दफावार छलफल भयो । समितिले दफावार छलफल सकेर प्रतिवेदन २०७७ असार ९ मा प्रतिनिधिसभामा पठाएको थियो । तर, प्रतिनिधिसभाबाट विधेयक अघि बढेन । ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ को पूर्ण पाठ पढ्न तलकाे लिङक क्लीक गर्नुस । नेपाल-नागरिकता-पहिलो-संशोधन-अध्यादेश-२०७८ । नागरिकता अध्यादेश : सत्ताका लागि सौदाबाजी अस्वीकार्य । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८’ का प्रावधान आफैंमा राम्रा होलान् । जन्मसिद्ध नागरिकताप्राप्त बाबुआमाका र बाबुको पहिचान नभएका सन्तानलाई वंशजका आधारमा नेपाली नागरिकता दिने व्यवस्था स्वयंमा प्रगतिशील र संविधानसम्मत पनि होला । यसका अन्तर्वस्तुबारे छुट्टै विमर्श गर्न सकिएला । तर संसद्मा विचाराधीन राष्ट्रिय सरोकारको मुद्दालाई जुन किसिमले कार्यपालिकीय कानुनद्वारा लागू गर्न खोजिएको छ, त्यो भने निःसन्देह आश्चर्यजनक र आपत्तिजनक छ । किनभने, यति संवेदनशील विषयमा संसद्मा विश्वासको मत पनि नपाएको तथा आफैंमा कामचलाउ भैसकेको सरकारले प्रतिनिधिसभा विघटन हुने अघिल्लो दिन अध्यादेश सिफारिस गरेर राष्ट्रपतिले विघटनको लगत्तै दुई दिनपछि जारी गर्नुमा गम्भीर जालसाजी छ । नागरिकतापीडितको सवालमाथि भावोत्तेजक भयदोहन गरेर सत्ता राजनीतिका लागि गरिएको यो सौदाबाजी कसैगरी स्वीकार्य हुन सक्दैन । शंकै छैन, देशमा नागरिकता कानुन नहुँदा मर्कामा परेकाको संख्या ठूलो छ, नागरिकताविहीन भएर बस्नुपर्दाको पीडा गम्भीर छ । त्यही भएरै संसद्मा नागरिकता विधेयक त्यसै अड्किरहँदा वा विभिन्न कोणबाट त्यसमा बहस भइरहँदा हामीले पटक–पटक सम्पादकीयमार्फत नै त्यसलाई लैंगिक विभेदरहित र राष्ट्रिय हितसित सम्झौता नहुने गरी उदार बनाउन भनेका थियौं, र यथाशक्य शीघ्र जारी गर्न आग्रह गरेका थियौं । र, त्यतिबेला संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयकलाई बिनासित्ती अल्झाइरहने र उदार प्रावधान समेट्न नदिने अरू कोही नभएर वर्तमान प्रधानमन्त्री केपी ओलीकै दल तत्कालीन नेकपाका सांसदहरू नै थिए । स्वयं प्रधानमन्त्री ओलीले समितिका सभापतिलगायतका सांसदहरूलाई बालुवाटारमै बोलाएर यसमा अनावश्यक उदार नहुन निर्देशन दिएका थिए । यो प्रसंग यहाँ उल्लेख गर्नुको अर्थ, त्यतिबेला ओलीले गरेको कुरा ठीक थियो भनेको होइन । त्यतिबेला त्यस्तो ‘अडान’ लिने ओलीलाई अहिले के त्यस्तो भाउँटो आइलाग्यो र संसद् छलेर अध्यादेश नल्याई भएन भनेर सम्झाउन खोजिएको मात्र हो । सत्ता राजनीतिलाई केन्द्रमा राखेर यसरी अध्यादेश ल्याउनुको संकेत र सन्देश दुवै निको नभएकाले यसको अन्तर्य खोतल्नुपरेको हो । प्रधानमन्त्री ओली नागरिकतापीडित जनताप्रति संवेदनशील हुन्थे भने यति लामो अवधि नागरिकता विधेयक संसद्मा त्यसै अल्झिरहने थिएन । तीन वर्षअघि नै दर्ता भएको ‘नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई कुनै बेला प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सदस्य संख्या भएको ओलीसम्बद्ध दलले त्यसै रोकेर राख्ने नै थिएन, न त सरकारले नै एक वर्षयता संसद्लाई बिलकुल ‘बिजनेस’ विहीन बनाइराख्थ्यो । जबकि, विधेयकबारे राज्य व्यवस्था समितिमा छलफल गरी सुझावसहितको प्रतिवेदन २०७७ असार ९ मै पूर्ण सदनमा गइसकेको थियो । सरकारको चाहना यो विधेयक अगाडि बढोस् भन्ने थियो भने त उसले गत असार १८ गते तत्कालीन वर्षे अधिवेशनको हठात् अन्त्य गर्ने नै थिएन । प्रतिनिधिसभा विघटन सर्वोच्चद्वारा बदर भैसकेपछि बसेको हिउँदे अधिवेशनलाई पनि सरकारले बिजनेसहीन तुल्याउने थिएन । देशको प्राथमिकतामा नागरिकता विधेयक पर्नुपर्छ भन्ने सरकारलाई लाग्थ्यो भने, यसलाई संसद्बाटै पारित गरिने थियो, अहिले पनि वर्षे अधिवेशन आउनै लाग्दा प्रतिनिधिसभै विघटन गरिने थिएन । यो सरकारलाई यति महत्त्वपूर्ण कानुन संसद्बाटै जारी गर्नुपर्छ भन्ने न्यूनतम राजनीतिक र संवैधानिक चेतना नभएको पक्कै होइन । बुझ्न मुस्किल छैन, सत्ता राजनीतिका खातिर देशभित्र–बाहिरका शक्तिसित साँठगाँठ गर्नुपर्दा अहिले त्यो चेतना छोपिएको मात्र हो । सबैलाई थाहै छ, नेपालमा नागरिकताको विषय निकै पुरानो राजनीतिक मुद्दा हो । जानकारहरू यो मान्छन् कि कोही पनि नेपाली नागरिकताबाट वञ्चित नहोऊन् भन्ने पवित्र उद्देश्य राख्नेले मात्र यो मुद्दा बोकेका छैनन्, कतिपय अमुक शक्तिकेन्द्रको पनि यसमा आफ्नै स्वार्थ–दाउ छ । त्यही कारण यो मुद्दा जति संवेदनशील छ, त्यति नै विवादास्पद पनि । यसको यही संवेदनशीलतालाई ख्याल गर्दै तत्कालीन राजा वीरेन्द्रले २०५७ सालतिर संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयकलाई लालमोहर नलगाई त्यसबारे सर्वोच्च अदालतको राय मागेका थिए । र, संसद्ले पारित गरिसकेको कानुन लागू हुन नपाई त्यसै ढिसमिस भएको थियो । अहिले त झनै जनप्रतिनिधिलाई समेत छलेर मात्र होइन, नियमित कार्यशक्तिसमेत गुमाएर कामचलाउ बनिसकेको सरकारले ल्याएको यो अध्यादेश सरासर खारेजयोग्य छ । यसलाई जारी गर्ने राजनीतिक–कानुनी वैधता निर्वाचित संसद्सँग मात्र हुन्छ, शक्तिकेन्द्रको आडमा उभिएको सरकारले आफूलाई जोगाउने स्वार्थमा यसलाई प्रयोग गर्न पाउँदैन । संविधानसम्मत नै भए पनि सरकारले जतिबेला पायो त्यतिबेला जुनसुकै विषयमा कानुन ल्याउन पाउने हो भने त विधायिका भन्ने अंगको आवश्यकतै पर्दैन । संसद् नभएका बेला अति आवश्यक हुँदा र राजकाजमा परेको गाँठो तत्काल फुकाउनुपर्दा मात्रै अध्यादेश ल्याउने हो, त्यो पनि पछि संसद्बाट पारित गर्ने गरी । अहिले त ओलीले जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याएका छन्, जुन सोझै संविधानवाद्को खिलापमा छ । यसबाट भोलि सत्ता जोगाउन जसले जे पनि गर्न सक्ने डरलाग्दो प्रवृत्ति स्थापित नहोला भन्न सकिँदैन । तत्काल केहीले नागरिकता पाउँछन् भन्ने सकारात्मक परिणामलाई मात्रै सम्झिएर यो कुत्सित मनसायप्रेरित कदमलाई स्विकार्न सकिँदैन । किनभने, लोकतन्त्रमा परिणाम मात्रलाई सबथोक मानिँदैन, प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अधिनायकवादी शासनमा मात्रै प्रक्रियालाई लत्याएर परिणाममा जोड दिइन्छ । हामीले खोजेको अधिनायकवादी शासन हुँदै होइन । हामीले अपनाएको संविधानवाद तथा विधिको शासनमा आधारित व्यवस्थामा उचित प्रक्रियालाई उपेक्षा गरेर कोही पनि अघि बढ्न सक्दैन, बढ्नु पनि हुँदैन । प्रक्रियालाई पन्छाएर चालिएको कदम विवादरहित र दिगो दुवै हुँदैन । त्यसैले दीर्घकालीन महत्त्वको विषयमा ल्याइएको यो अध्यादेशलाई तत्काल फिर्ता लिनुपर्छ । नागरिकतासम्बन्धी समस्याको स्थायी समाधान संसद्मार्फत बनाइने कानुनले मात्र दिन सक्छ । जेष्ठ ११, २०७८सम्पादकीय । ‘प्रतिनिधिसभा विघटन केपी ओलीको महामूर्ख कदम’ मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा क्रान्तिकारी माओवादी । मोहन वैद्य (किरण) उमेरले सत्तरीको दशकमा हिँड्दै छन् । नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव उनी संगठन विस्तारमा सक्रिय छन् । पार्टीको केन्द्रीय समितिको बैठकका लागि मोरङको लक्ष्मीमार्गमा आएका वेला शुक्रबार नयाँ पत्रिकाले प्रतिनिधिसभा विघटन र वर्तमान राजनीतिबारे उनीसँग गरेको संक्षिप्त कुराकानी : सत्ताधारी दल नेकपाभित्र भइरहेको दुई समूहको संघर्षलाई कसरी बुझ्नुभएको छ ? नेकपामा हाल प्रचण्ड–माधव र प्रधानमन्त्री केपी समूहबीच भइरहेको झगडा नितान्त अन्तर्कलहको परिणाम हो । पद र प्रतिष्ठाको झगडाकै कारण प्रतिनिधिसभा विघटन भएको हो । प्रधानमन्त्री केपी ओलीले बलात् प्रतिनिधिसभा विघटन गर्नुलाई तपाईंको पार्टीले कसरी लिएको छ ? बलात् पद र प्रतिष्ठाको स्वार्थका लागि प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन मात्र नभएर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मास्ने कदम हो । यो असंवैधानिक मात्र नभएर पटमूर्खताको उदाहरण हो । किनभने जनताले अथक संघर्ष गरेर चाहेको जस्तो नभए पनि आंशिक संविधान बनाउन सफल भएका थिए । तर, अब त्यो पनि मास्ने काम भएको छ । अब प्रतिनिधिसभाको पुनस्र्थापना र चुनाव कुन ठीक होला ? दुईमध्ये जे भए पनि त्यो देश र जनताको हितमा हुँदैन । मध्यावधि चुनाव हुने वा गराउने न त अवस्था छ न त योजना । अनि संसद् पुनस्र्थापना भए पनि न त देशमा समृद्धि आउँछ न त जनता सुखी हुन्छन् । उही संसदीय व्यवस्थाको कलहमा देश फस्छ, झन् जर्जर बन्दै जान्छ । विस्तारवाद हाबी हुँदै जान्छ । चुनाव भयो भने तपाईंहरू के गर्नुहुन्छ नि ? अवस्था हेरेर उपयोग वा बहिष्कार के गर्ने हो निर्णय गर्छौँ । तर, देशमा चुनाव हुने वातावरण छैन । बरु असफल भएको संसदीय व्यवस्था अब फासीवादमा परिणत भएर जाने खतरा बढेको छ । जनताले झन् धेरै दुःख पाउनेछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो भने त प्रतिगनम सच्चिन्छ होला नि त ? अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे पनि प्रतिगमन सच्चिनेवाला छैन । बरु अझै डरलाग्दो अवस्था आउन सक्छ । सत्ताको स्वार्थले विकृत भएर असफल भएको संसदीय व्यवस्था फासीवादमा जान्छ । देशमा संकटकाल लाग्न सक्छ । सैनिकीकरण बढेर जान्छ । नेपालमा अब कम्युनिस्टहरू पूर्ण रूपमा असफल भए भन्ने तर्क पनि छ नि, यो सत्य हो ? होइन, कम्युनिस्टहरू असफल भएका होइनन् । हामी क्रान्तिकारीहरू त्यसलाई मान्दैनौँ । संसदीय व्यवस्था मान्ने कम्युनिस्ट भनाउनेहरूचाहिँ असफल भएका हुन् । साँचो अर्थमा संसदीय व्यवस्था मान्नेहरू कम्युनिस्ट नै होइनन् । कम्युनिस्टहरू त निरन्तर क्रान्ति सफल बनाउन आफ्नो संघर्षमा लागिरहेका छन् । अझै क्रान्ति सफल भएको छैन । यसैले अब झन् धेरै कम्युनिस्टहरूले गोलबद्ध भएर सफलता हासिल गर्न लागिपर्ने समय आएको छ । आपसी कलह र टुटफुटले कम्युनिस्टहरू झन्झन् मासिँदै गइरहेका छन् नि त ? हो, नेपालमा कलह र टुटफुटले कम्युनिस्टहरू कमजोर जरुर भएका छन् । तर, उनीहरू मासिएका छैनन् । अब क्रान्तिकारीहरूलाई गोलबद्ध हुने उचित समय आएकोले उनीहरू गोलबद्ध हुँदै जानेछन् । यो अवसर पनि हो । कम्युनिस्टहरूले उपयोग पनि गर्नुपर्छ । बरु विश्वमै संसदीय व्यवस्था असफल भइरहेको छ । जापान, अमेरिका अनि नेपालकै उदाहरणले यो प्रस्ट पारिसकेको छ । नेपालमा बहुमत ल्याएको पार्टीले नै संसद् विघटन गरायो । नेपालमा अब संसदीय व्यवस्थाको मिति पुग्यो । विश्वले लोकतन्त्रको उच्च नमुना मानेको संसदीय व्यवस्थालाई तपाईंले फासीवादको रूप भन्नुभयो, अलि प्रस्ट पारिदिनु न । बहुमत ल्याएर सरकारको नेतृत्व गरेको पार्टीले नै प्रतिनिधिसभा विघटन गर्नु, प्रधानमन्त्रीले पार्टीलाई पनि नमान्नु, साना दलहरूलाई ‘थ्रेस होल्ड’ लगाएर अधिकारबाट वञ्चित गराउनु यो सबै के हो फासीवादी चरित्र नभए ? जब संसदीय व्यवस्था विकृत बन्छ त्यसले फासीवादको रूप लिन्छ । नेपालमा पनि यही भएको हो । विप्लवहरूसँग सहकार्यको कत्तिको सम्भावना छ ? सम्भावना छ । कुराकानी भइरहेको छ । तर, उहाँहरूका केही कमी–कमाजोरी सच्याउनुपर्छ । सरकारले विप्लवहरूमाथिको प्रतिबन्ध लगाउनु गलत हो । किनभने उनीहरू सेना–प्रहरीसँग भिडेका छैनन् । हानि–नोक्सानी पु¥याएका छैनन् । प्रचण्डहरूसँग एकता हुने सम्भावनाचाहिँ कत्तिको छ ? प्रचण्डजीका कुरा गरिसाध्य छैन । उहाँ उल्टोसुल्टो दुवैतर्फ छलाङ मार्नुहुन्छ । उहाँ संसद्वादी, हामी क्रान्तिकारी । यसैले सहकार्य वा एकता हुने कुरै आउँदैन । अँ उहाँले देश र जनतामाझ ‘म सच्चिएँ, अब संसदीय भासमा जान्नँ’ भनेर कसम खाएर आउनुभयो भनेचाहिँ हामी स्वीकार गर्छौँ । जहाँसम्म भूमिगत हुँदा प्रचण्डसँग मिल्नुभएकै थियो अहिलेचाहिँ किन दूरी भन्ने कुरा छ, भूमिगत हुँदा हामी नयाँ राज्यसत्ता स्थापनाका लागि लडेका थियाैँ । तर, उहाँहरू संसदीय व्यवस्थामा भासिएपछि हामी अलग भएका हौँ । गणतन्त्र रक्षाका लागि संयुक्त मोर्चा बनाउने सम्भावना कत्तिको छ ? गणतन्त्र मात्र नभनौँ जनगणतन्त्रको स्थापनाका लागि संयुक्त मोर्चा बन्ने सम्भावना छ । क्रान्तिकारीहरू एक भएर मोर्चा बनाउन सकिन्छ । अहिले शान्ति र सुशासन छैन । प्रतिगमन हाबी भएको छ । जनताले प्राप्त गरेका आंशिक उपलब्धिहरू मास्ने काम भइरहेको छ । तर, जनताले रूपान्तरण चाहिरहेका छन् । जनता अस्तव्यस्त शासन सत्ता रुचाउँदैनन् । मलाई लाग्छ– अब डबल नेकपाभित्रबाट पनि धेरै क्रान्तिकारीहरू संघर्षमा सामेल हुन आउनुहुनेछ । अब चुनावबाट केही गरौँला भन्ने सपना पूर्ण असफल भइसक्यो, यसैले प्रतिगमनकारी र संसद्वादीबाहेककासँग मोर्चा बन्न सक्छ । भूमिगतकालदेखि साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रचण्डको साथ छाडेर ओलीतिर गए नि, किन होला ? बादल प्रचण्डसँग रहनु र ओलीतिर जानुमा कुनै अचम्म मानिरहनुपर्दैन । किनभने सत्ता र स्वार्थका लागि यो नौलो कुरै होइन । बादलले जता कुर्सी पाए उतै गए । फेरि प्रचण्ड र ओलीमा खासै फरक पनि त छैन । फरक यत्ति हो, ओली पार्टीभित्र पनि निरंकुशवाद हाबी गराउँछन् । तपाईंहरू ‘थ्रेस होल्ड’को डरमा कहिलेसम्म चुनावबाट भागिरहने ? हो, हाम्रो शक्ति अहिले कमजोर छ । तर, हामी डरले भागेका होइनौँ । सत्ता क्रान्तिकारी र प्रतिक्रियावादी दुई प्रकारको हुन्छ । हामी क्रान्तिकारी धारका हौँ, प्रतिक्रियावादी धारमा सामेल हुन चाहँदैनौँ । र, हामी अहिले सानो छौँ भनेर हीनभावना पनि पाल्दैनौँ । किनभने हिजो झापा आन्दोलन हुँदा एमाले कत्रो थियो र जनयुद्ध सुरु गर्दा माओवादीमा हामी कतिजना थियौँ ? झिल्को आफैँ विकास भएर जान्छ । तपाईं उमेरले पाको भइसक्नुभयो, अब तपाईं बुढो बाघ एक्लैले सिकार गर्न सक्नुहुन्छ र ? हामी बुढो बाघ होइनौँ । मरिसकेको राजतन्त्र ब्युँताउनुपर्छ भनेर लागिपर्नेहरू बुढो बाघ हुन् । हामी त तन्नेरी बाघ हौँ । किनभने हामी जनगणतन्त्र र जनसंविधानका कुरा गर्छौँ । अग्रगामी विचारलाई बुढो भन्न मिल्दैन । जो परिवर्तन रोज्छ त्यो कहिल्यै बुढो हुँदैन, सधैँ जवान हुन्छ । आवश्यक समयमा जनबलले जनगणतन्त्र स्थापना गरेर जनसंविधान लेखेर देखाउनेछौँ

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला