नेपाल भारत सिमामा चर्क्याे विवाद : केन्द्र सरकार माैन भएपछि जिल्लाले चाल्याे कडा कदम : दुवै देशका प्रहरी वारपार
नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र ।
जेष्ठ २९, २०७८, काठमाडौं — महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ ।
भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा बम विस्फोट गराउँदा खसेको चट्टानले नदी थुनिएपछि पुरिएको दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारको घोडेटो (बायाँ) । छोटो बाटो पुरिएपछि दुम्लिङबाट छाङरु हुँदै टिंकर जान सशस्त्र र नेपाल प्रहरीले बनाएको वैकल्पिक गोरेटो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे^) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइएको बताए । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको उनले बताए ।
प्रजिअ जोशीले भारतको धारचुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण नदी पसेर बाटो अवरुद्ध भएको विवरण गृह मन्त्रालयमा दिइएको जनाए ।

Comments
Post a Comment