Skip to main content

 

वर्षाका कारण कास्कीमा पक्की घर भासियो


पोखरा न्यूज । लगातार परेको वर्षाका कारण कास्कीको माछापुच्छ्रेमा एक पक्की घर भासिएको छ ।

माछापुच्छ्रे गाउँपालिका -३ स्थित गौचरमा धनदेवी पोखरेलको दुई तले पक्की घर वर्षातका कारण भासिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

वर्षाका कारण पक्की घरको पूर्व तर्फको जगबाट प्वालहरू परेर भासिएका कारण घर जोखिममा परेको डिएसपी हमालले बताउनुभयो ।

डिएसपी हमालका अनुसार बुधबार ९:३० बजे घरको पूर्वी भाग भासिएपछि घरमा बस्दै आएको पाँच जनाको परिवार पश्चिम तर्फको कोठामा सरेका छन् ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला