राम्रो काम को प्रशंसा गर्दै यो पोस्ट सक्दो धेरै share गर्नुहोस वडाध्यक्षले जोगाए मेलम्चीका एक सय परिवार,?
मेलम्ची नदीमा बाढी आउन थालेको खबर पाएपछि स्थानीय सरकारका एक जना जनप्रतिनिधिले लिएको पहलकदमीले मेलम्ची बजार क्षेत्रका सयौं बासिन्दाको ज्यान जोगिएको छ।
मेलम्ची नदीमा आएको बाढीले १ असार साँझ सिन्धुपाल्चकको मेलम्ची बजार क्षतविक्षत बनाएको छ भने एक सय परिवार विस्थापित भएका छन्। पूरै बजार क्षतिविक्षत भए पनि मानवीय क्षतिबाट भने जोगिएको छ।यति धेरै मान्छेको ज्यान जोगाउने श्रेय भने मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाललाई जान्छ। वडाध्यक्ष दुलालले लिएको पहलकदमीले मेलम्चीका सयौं बासिन्दाको ज्यान जोगिएको हो।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Comments
Post a Comment