शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा संसदबाट बिश्वासको मत नपाए के हुन्छ? फेरि को बन्ला प्रधानमन्त्री?

 

THE GORKHA NEWS: सर्वोच्च अदालतको आदेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधनमन्त्री बन्ने निश्चित भएको छ । तर उनले संसदबाट बिश्वासको मत लिनु पर्ने हुन्छ । यदि उनले बिश्वासको मत पाउन सकेनन् भने के होला? भन्ने चासो धेरैलाई हुन सक्छ ।


सर्बोच्चको आदेश बमोजिम नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ र सम्भवतः देउवालाई भण्डारीले मंगलबार दिउसो भित्र नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।


अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट प्रधानमन्त्री बन्न लागेका हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेपछि सोही धाराको उपधारा ६ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले साउनमा नै विश्वासको मत लिनेछन् ।


देउवालाई राष्ट्रपतिसमक्ष पुगेको समर्थन प्रस्तावमा १४९ सांसदको हस्ताक्षर थियो । जसमध्ये नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको १३ र नेकपा एमालेको माधव नेपाल खेमाको २६ सांसद थिए । पछिल्लोपटक एमालेका ३ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए ।


प्रतिनिधि सभामा कुल सांसद संख्या २६७ रहेकोमा बहुमत सिद्ध गर्न १३४ सांसदको समर्थन चाहिन्छ । देउवासँग १४६ सांसदको साथ छ । उनलाई बहुमत प्राप्तबाट असफल बनाउन अहिलेको हिसाबले १३ सांसद संख्या घट्नुपर्छ ।


नेकपा एमालेको माधव नेपाल खेमाबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायत सांसद संख्या घट्ने सम्भावना छ । उनीहरु सबै प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । प्रत्यक्षतर्फ थप ४ या ५ सांसद तान्न सकेमा ओली देउवालाई बहुमत पुग्न दिनबाट रोक्न सफल हुन सक्छन् । देउवालाई कुनै हालतमा बहुमत पुग्न नदिएर देशलाई चुनावमा लाने ओलीको रणनीति निश्चित रुपमा देखिनसक्छ ।

Comments

Popular posts from this blog

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन्

नेपाल भारत सिमानामा काडे तार लगाउने प्रस्ताव,,,!

ओली सरकारका सबै नयाँ मन्त्री बर्खास्त, सर्वाेच्चको ठूलो फैसला